सहमति खोज्न आज सर्वदलीय बैठक बस्दै



सैघाली खबर
काठमाडौं,२० पुस


प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाउनु भएको छ ।

बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुनेछन् । बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने सहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकै साथ गर्ने तयारीमा सरकार छ । कानुन अनुसार निर्वाचन परिणाम सार्बजनिक भएपछि प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुख र प्रतिनि धिसभाकोनिर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनुपर्छ ।

निर्वाचन लगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनको सहमतिलिन लागेको हो । निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबार बाटै राजनीतिक परामर्श गरिरहनु भएको छ ।सर्वदलीय बैठकमा सहमति जुटे त्यहीअनुसार, नजुटे स्वतन्त्र र सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी प्रधानमन्त्रीको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्