नेपाल भारत वाणिज्य सचिवस्तरिय बैठक आज बस्दै



काठमाडौं। नेपाल भारत वाणिज्य सचिवस्तरिय बैठक आज बस्दैछ। नेपाल र भारतका वाणिज्य सचिवस्तरिय बैठक भिडियो कन्फरेन्स माध्यमबाट आज सुरु हुँदैछ।

दुई देशको व्यापार र पारवहन सन्धिमा भएका व्यवस्थाको पुनरावलोकन गर्न बैठक बस्न लागेको हो। हरेक दुई वर्षमा हुने बैठक यस वर्ष कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो।

दुवै देशका वाणिज्य मन्त्रालयका सहसचिव नेतृत्वको अन्तर सरकारी उपसमितिको बैठकमा भएका छलफलका एजेण्डालाई सचिवस्तरिय बैठकले अन्तिम रुप दिने बताइएको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल र भारतीय समकक्षी अनुप वाधवानले टोलीको नेतृत्व गर्ने बताइएको छ।

यसअघि २०७५ वैशाखमा काठमाडौंमा नेपाल भारतका वाणिज्य सचिवस्तरिय बैठक भएको थियो। प्राविधिक समितिका अनुसार नेपाल र भारतका सीमा क्षेत्रमा एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाहलगायतका पूर्वाधार निर्माणको विषयमा पनि छलफल हुने बताइएको छ।

यस्तै हाल भएका भन्सार विन्दुको स्तरिकरण गर्ने विषयमा पनि कुरा उठाउने नेपाली प्रतिनिधिमण्डलको तयारी रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्