पूर्व राजा ज्ञानेन्द्र दाङ आउने



सैघाली खबर,
दाङ २० पुस ।

पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आउने भएका छन् । पुस २१ गते शुक्रवार ज्ञानेन्द्र दाङ आउन लागेको हुन् । शाहका निजी सचिव सागर तिमिल्सेनाका अनुसार दाङका विभिन्न धार्मिक शक्तिपीठहरुमा दर्षणको लागि आउन लागेका हुन् ।

त्यसअवसरमा पूर्व राजाले दाङका विभिन्न समर्थक र शुभचिन्तकहरुलाई समेत भेट्ने राप्रपा (प्रजातान्त्रिक)का जिल्ला अध्यक्ष हंशराज केसीले जानकारी दिए । केहीदिन अघि बाँकेमा आफ्नो लगानीमा रहेको पाँचतारे होटेल उद्घाटनका लागि आएका थिए । त्यसयता उनले मध्यपश्चिम क्षेत्रका विभिन्न व्यक्ति र समर्थकहरुसंग भेटघाट गर्दै आएको स्रोतले बताएको छ । यसैबीच राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष केसीले सबै शुभचिन्तक र समर्थकलाई पुस २१ दिउँसो घोराहीमा उपस्थितिका लागि आह्वान गरेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्