कैलालीको घोडघोडी सिमसारमा क्षेत्रमा जाडो छल्न आउने आगन्तुक चराहरु भित्रिदै




२३ मंसिर, सुखड । चराको बिशेष बास्थान मानिएको कैलालीको घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरु बढ्न थालेका छन । हिउँदमा आहाराको खोजी तथा जाडो छल्नका लागि बिभिन्न देशबाट कैयौं माइल उडेर जलपक्षीहरु यहाँ आउने गरेका छन ।

यस सिमसार क्षेत्रमा ३४२ प्रजातीका चराहरु पाइने भएपनि २९ प्रजातिका पाहुना चराहरु जाडो याममा बसाइँ सरेर आउने गरेका हुन । पर्यटन क्षेत्रको रुपमा बिकास गर्न थालिएको घोडाघोडीमा चरा नै प्रमुख र महत्वपूर्ण पर्यटनको पाटोको रुपमा हेरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्