सैघाली खबर,
दाङ १९ पुस ।
माओवादी केन्द्र तुलसीपुर ९ ले बाढीपीडितलाई राहात वितरण गरेको छ । तुलसीपुर ९ शिवपुरका बाढीपीडित मानसिंङ बिकको परिवारलाई राहात तथा जिन्सी सामाग्री हस्तान्तरण गरिएको हो ।
बर्षादले घर जिर्ण हुँदा बस्न नमिल्ने भएको भन्दै माओवादी केन्द्रले १३ हजार सात सय ७५ रकम र केही कपडा हस्तान्तरण गरिएको हो ।
उनीहरुलाई घर निर्माणमा केही सहयोग गर्ने उदेश्यले राहात रकम हस्तान्तरण गरिएको माओवादी केन्द्रका युवा नेता घनश्याम डाँगीले बताए ।
माओवादी केन्द्रका मदन प्रकाश हमालको अध्यक्षतामा एक कार्यक्रम गरी राहात वितरण गरिएको हो । राहात वितरणमा माओवादी केन्द्रका केशव वली, टोप बहादुर बिक, दुर्गा प्रशाद शर्मा, घनश्याम डाँगी, चित्र बहादुर पुनलगायतको सहभागीता रहेको थियो । टोप वहादुर बिकले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रेम बहादुर बिकले गरेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।