काठमाडौं मेडिकल कलेजमा तोडफोड



काठमाडौं। काठमाडौं मेडिकल कलेजमा तोडफोड भएको छ। महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्र भण्डारीका अनुसार एक महिलाको मृत्यु भएपछि आफन्तहरूले अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै तोडफोड गरेका हुन्।

भण्डारीका अनुसार करीब १०/११ वटा झ्यालका सिसा फुटेका छन्। तोडफोड गरेको आरोपमा प्रहरीले नौं जनालाई नियन्त्रणमा लिएको डिएसपी भण्डारीले बताए।

मंगलबार बिहान १ बजे नागार्जुन नगरपालिका-५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको उपचारका क्रममा मृत्यु भएको थियो।

उनको विभिन्न अंगहरू नचलेको र हृदयघातबाट मृत्यु भएको चिकित्सकले बताएका छन्।
अहिले अस्पताल र पीडितपक्षबिच छलफल भइरहेको उनले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्