जेठ,२५
दोस्रो चरणको स्थानीय तह चुनावका लागि उम्मेदवार छनौट गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक अहिले बसिरहेको छ ।महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवार तय गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले कार्य सम्पादन समिति बैठक डाकेका हुन् । अहिले तिनै विवादित ठाउँका उम्मेदवार तय गर्न छलफल भइरहेको नेताहरुले जनाएका छन् ।कांग्रेसका धेरै स्थानीय तहमा उम्मेदवार चयनमा विवाद भएकाले केन्द्रीय कार्य सम्पादन समितिले नै उम्मेदवार चयन गर्नुपर्ने भएको छ ।बैठकमा सरकार गठनका विषयमा पनि छलफल हुँदैछ । देउवाले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।