मुख्य समाचार

कांग्रेस बैठक सानेपामा जारी, विवादित क्षेत्रको उम्मेदवार आज टुंग्याइने

By थाहा अनलाइन

June 08, 2017

जेठ,२५

 

दोस्रो चरणको स्थानीय तह चुनावका लागि उम्मेदवार छनौट गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक अहिले बसिरहेको छ ।महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवार तय गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले कार्य सम्पादन समिति बैठक डाकेका हुन् । अहिले तिनै विवादित ठाउँका उम्मेदवार तय गर्न छलफल भइरहेको नेताहरुले जनाएका छन् ।कांग्रेसका धेरै स्थानीय तहमा उम्मेदवार चयनमा विवाद भएकाले केन्द्रीय कार्य सम्पादन समितिले नै उम्मेदवार चयन गर्नुपर्ने भएको छ ।बैठकमा सरकार गठनका विषयमा पनि छलफल हुँदैछ । देउवाले एकलौटी गरेको भन्दै रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ ।