सल्यान । राेजगारकाे लागि मलेसिया गएका सल्यानका एक युवाकाे ज्यान गएकाे छ ।
सल्यान बागचाैर नगरपालिका ७ काेटबारा सानापाेखरा निवासी अन्दाजी २७ वर्षका ज्ञान बहादुर खड्काकाे मलेसियामा सडक दुर्घटनामा परेर मृ त्यु भएकाे हाे ।
आइतबार साँझ उनकाे मलेसिया स्थित बातुकेभ भन्ने ठाउँमा गाडीले ठक्कर दिँदा ज्यान गएकाे उनका साथीहरुले जानकारी दिएका छन् ।
उनकाे शव अहिले अस्पतालमा राखिएकाे छ भने कम्पनीले कानुनी कागज प्रक्रिया मिलाउदै गरेकाे बताइएकाे छ ।
खड्का विगत ६ वर्ष अगाडी राेजगारकाे लागि मलेसिया पुगेका थिए । उनकाे घरमा श्रीमती, एक छाेरी र छाेरा रहेका छन् । उनि काम सकेर घर फर्कन एक महिना मात्रै बाँकी थियाे ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।