वाम गठबन्धन बारे यस्तो धारणा राखे प्रधानमन्त्री प्रचण्डले



सैघाली खबर,
काठमाण्डौ २० पुस।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धन तोडेर प्रधानमन्त्री नहुने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरले गरेको कार्यक्रममा प्रचण्डले वाम गठबन्धन तोडेर प्रधानमन्त्री नहुने प्रष्ट पारेका हुन् । प्रतिनिधिसभामा निर्वाचित भएको उपलक्ष्यमा प्रचण्डलाई सम्मान गर्न सेन्टरले कार्यक्रम आयोजना गरेको थियो ।‘वाम गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना पनि गरेको छैन,’ प्रचण्डले भने, ‘मिडियामा विभिन्न भ्रम पनि आएका छन्, त्यसमा कुनै सत्यता छैन ।’ वाम गठबन्धनलाई चुनावमार्फत लाखौँ कार्यकर्ता र जनताले अनुमोदन गरेकाले एकताबाट दायाँबायाँ जाने कल्पनासमेत नगरेको प्रचण्डले
दाबी गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्