राज्जा रानीको प्रिमियर



सैघाली खबर,

राज्जा रानी’ फिल्मले प्रिमियर सोमा सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबार अर्थात् २१ पुसदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको हो।

यम थापाको लेखन र निर्देशनमा बनेको फिल्ममा तराई क्षेत्रमा व्याप्त दाइजो प्रथाको विषय उठान गरिएको छ । रमेश एमके पौडेलले निर्माण गरेको फिल्ममा केकी अधिकारी, दीपक क्षेत्री, नाजिर हुसेन, कामेश्वर चौरसियालगायतका कलाकारले अभिनय गरेका छन् । बाँके जिल्लाका विभिन्न स्थानमा खिचिएको फिल्म नेपालीका साथै मैथिली भाषामा समेत एकसाथ प्रदर्शन हुँदै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्