काठमाडौं। लोक सेवा आयोगले शाखा अधिकृत पदमा दरखास्त दिन आह्वान गरेको छ। गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले पुस २४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ।
जनशक्ति छनोटका लागि लिखित, सीप परीक्षण र सामूहिक परीक्षण र अन्तर्वार्ता परीक्षा लिइने सूचनामा उल्लेख छ। अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।