दीर्घकालीन महत्वका विषयमा निर्णय नगर्न सरकारलाई एमाले र माओवादीको आग्रह



सैघाली खबर,
काठमाडौं, २० पुस ।– एमाले र माओवादी केन्द्रले दीर्घकालीन महत्वका विषयमा निर्णय नगर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा एमाले र माओवादीका नेताहरुले दीर्घकालीन महत्वका विषयमा निर्णय नगर्न सरकारलाई सुझाव दिएका हुन् ।

छलफलमा उनीहरुले सत्ता हस्तान्तरणको लागि गर्नुपर्ने काम तत्काल गर्न पनि सरकारसँग आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले सबै पक्षसँग छलफल गरेर विवाद नहुने गरी निर्णय गर्ने बताउनुभएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे ५ दलका नेतासँग छलफल गर्नुभएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताको बैठकमा प्रदेश प्रमुख, अस्थायी राजधानी र राष्ट्रिय सभाको चुनावको मितिको बारेमा छलफल भएको हो ।

सर्वदलीय बैठकपछि बिहीबार नै मन्त्रीपरिषद बैठक बसेर प्रदेशप्रमुख र अस्थायी राजधानीबारे निर्णय गर्ने सरकारको तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्