मङ्सिर २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न प्रचण्ड बुधबार विहान ११ बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समयम स्थायी कमिटीमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका नेकपाका अध्यक्षद्वयबीच सम्बन्ध बिग्रिएको छ । उनीहरुबीच २५ दिनपछि गत मंसिर २१ गते एक्लाएक्लै भेट भएको थियो । त्यसपछि बुधबार भेटेका हुन् ।
ओलीले प्रचण्डले पेश गरेको दस्तावेज प्रतिवेदन नभई आरोपपत्र मात्र भएको र यस विषयमा पार्टी कमिटीमा छलफल गर्न नसकिने बताउँदै आएका छन् । उनले प्रचण्डको प्रस्तावमा छलफल नगर्न स्थायी कमिटीलाई समेत पत्र पठाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।