भारतीय चलचित्र क्षेत्रमा धनी र विलासी जीवन बिताउने कलाकार धेरै नै छन् । ती मध्ये एक हुन् अजय देवगन । ‘फूल और काँटे’ चलचित्रबाट यो क्षेत्रमा प्रवेश गरेका देवगन चलेका नायक हुन् । ९० को दशकमा करियर निर्माण सुरु गर्ने अजय देवगन आज पनि आफ्ना हरेक पिल्मका लागि मोटो रकम लिने गर्छन् ।
उनको पारिश्रमिकले उनको जीवनशैलीलाई राजसी बनाइदिएको हो ।
अजय देवगन कारका शौखिन हुन् । यही कारण अजयसँग सबैभन्दा उत्कृष्ट कारको कलेक्सन पनि छ । अजयले सन् २००६ मा Maserati Quattroporte खरिद गरेका थिए । उनी यस्तो कार किन्ने पहिलो भारतीय बनेका थिए । यो कारको मूल्य त्यतिबेला २.८ करोड थियो । अजयसँग यसबाहेक रेन्जरोवर वोग गाडी पनि छ ।
यो कार आफ्नो उत्कृष्ट अफ–रोड परफर्मेन्सका लागि परिचित छ र यसको मूल्य २.७ करोड हो । यसबाहेक उनीसँग प्रतिष्ठित ब्रान्ड मर्सिडिज बेन्जको एस क्लास कार पनि छ । यो विलासी कारको मूल्य १.४ करोड छ र यो कार सेलिब्रिटीबीच निकै लोकप्रिय छ । देवगन टू–सीटर कार बीएमडब्ल्यू जेड ३ का पनि मालिक हुन् ।
यो कार युवाबीच निकै लोकप्रिय छ । यो कारको मूल्य करिब ९८ लाख हो । अजयसँग यसबाहेक रोल्स रोयस कलिनन पनि छ । यो सुपर लग्जरी कारको मूल्य ६.९५ करोड भारु हो । उनी फिल्म सूयंवंशीको ट्रेलर रिलिजका बेला आफ्नो यो कारमा सवार थिए । उनी आफ्नो फिल्म तानाजीको प्रिमियरका बेला पनि यसै गाडी लिएर पुगेका थिए ।
अजय बलिउडका ती सिमित नायकमध्ये एक हुन् जोसँग आफ्नो नीजि जेट छ । उनले सन् २०२० मा यो जेट खरिद गरेका थिए । अजय यो जेटको प्रयोग सुटिङ, प्रोमोशन र नीजि यात्राका लागि गर्छन् । हकर ८०० नामको यो विमानको मूल्य ८४ करोड बताइन्छ । यद्यपि, केही रिपोर्टका अनुसार अजयले आफ्नो यो विमान बेचिसकेको पनि बताउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।