२८ बर्ष सम्म पनि घोराही _ रक्षाचौर सडकले पूर्णता पाएन



जनक नेपाली

दाङ,२० पुस । घोराही, हापुर तुलसीपुर स्थित रक्षाचौर स्थित आखाँ अस्पताल पुग्ने सडक बर्षाैदेखि अलपत्र अबस्थामा छ । ट्र¥याक खुलेको २८ बर्ष पुग्दा पनी सडकले गति नलिएकोमा सर्वसाधारणले गुनासो व्यक्त गरेका छन् । घोराही तुलसीपुर जोड्ने वैकल्पिक मार्गको रुपमा सञ्चालन गर्न खोजिएको सडकले हालसम्म पूर्णता नपाएको स्थानियवासी बताउछन् ।घोराही,हापुर, निघुवार,अक्कासी,संक्राम हुदै रक्षाचौर जोड्ने सडकको ट्र¥याक खोल्नेकाम पुरा भएपनि पुनःमर्मत डक बिस्तारको काम अलपत्र परेको उनिहरुको भनाई छ ।

सडक निर्माण भने २०४५ सालबाटसुरु भएको घोराही उपमहानगरपालिका १२ हापुरका बासुदेव गौतमले वताउनुभयो । “सडकको ट्र¥याक खोल्ले कामपुरा भएको २८ बर्ष वितिसक्यो अहिले सम्म सडकले पूर्णता पाएको छैन गौतमले भन्नुभयो”। घोराही हापुर सडक भने तत्कालीन प्रधानपञ्च शोभाकर थापा र उप—प्रधानपञ्च क्रषिराज पोख्रेल हुदा सडक निर्माण गरिएको थियो गौतमले भन्नुभयो ।

२०४५ सालमा स्थानिय युवराज गौतमको अध्यक्षतामा सडक निर्माण समिति गठन गरि सडकको ट्र¥याक खोल्नेकाम सुरु भएता पनि हाल सम्म सडक निर्माण कार्यले पूर्णता नपाएकोमा दुःख व्यक्त गर्नुभयो । तत्कालीन जिल्ला विकास समिति दाङका सभापति खिमबहादुर शाहको पालामा घोराही,हापुर, निघुवार अक्कासी हुदै रक्षाचौर जोड्ने योेजना अगाडी सारिएको थियो । तत्कालीन जिल्ला विकास समितिले स्थानिय नागरिकलाई चामल उपलब्ध गराएर सडकको ट्र¥याक खोल्न लगाएको राम्रो संग याद छ —तर बर्षै वितिसक्दा समेत सडक निर्माण र स्तर उन्नोतिभने हुन नसकेको वताउनुभयो ।

सरकारले आर्थिक २०६९ / ०७० देखि नियमित बजेट कटौती गर्दै लग्नुका साथै स्थानिय राजनितिक दलहरुका विचमा तिब्र विवाद हुदा सडक निर्माण अन्यौलमा परेको अर्का स्थानिय बासिन्दा झगबहादुर सुनारले वताउनुभयो। उक्त सडक निर्माण नहुदा नारायणपुर हापुर , मज्गै जीतपुरको उत्तर दक्षिण सडक खण्डमा मात्र सञ्चालनमा आएको सूनारको भनाई छ । त्यसले गर्दा माथिल्लो भेगका स्थानिय सर्वसाधारण घुमाउरो सडकको प्रयोग गर्नु पर्ने वाध्यता छ ।

स्थानिय विकास मन्त्रालय अन्तरगत एस.एन.आर.डि.पी सहयोगमा जिल्ला प्राविधिक कार्यालयले आर्थिक वर्ष २०७१÷०७२ देखि घोराही, हापुर बिजौरी, रतनपुर हुदै रक्षाचौर पुग्ने सडक योजना सञ्चालनमा रहेको भने — अर्काे सडक डिभिजन कार्यालय अन्तरगत घोराही हापुर बटोलपुर,साहिपुर निघुवार अक्कासी संक्राम हुदै रक्षाचौर जोड्ने सडक सुरु भएपनि सले पूर्णता नपाएको उहाँको भनाई । सञ्चालनमा रहेका छन् । दुबै योजनाका लागि ४ लाख २० हजारका बजेट छुट्टिएको बताउनुभयो ।

घोराही हापुर बटोलपुर,साहिपुर निघुवार अक्कासी संक्राम हुदै रक्षाचौर जोड्ने सडक मुख्य सडक भएको स्थानिय बताउछन् ।२०६९ अगाडी पटक पटक गरी झण्डै ५ करोड बजेट आएपनि सडक निर्माणको काम भने पुरैसफल नभएको उहाँको भनाइ ।

न्यौपानेले रक्षाचौर पुग्ने सडक भन्दा आफ्नो गाउ पुग्ने सडकलाई वढी प्राथमिकता दिएका कारण समस्या थपिएको उनले वताएका छन् । माछखुट्टी देखि अक्कासी, सक्राम, हुदै हलवार सम्म सडकको बाटोको कुनै निशाना भेटिदैन भएको सडक पनि भत्किएर भताभुङ्ग अबस्थामा छ ।

२०५० साल देखिको दुईवटा सडक बीचको विवाद हाल सम्म कायम रहदा हापुर पश्चिमका सर्वसाधारण प्रत्यक्ष मर्काको परेको पीडितहरु वताउछन् । त्यसका साथै बाटो मात्र होईन पुल समेत दुई वटा बन्न लागेका छन् । हापुर हुदै रतनपुर र निघुवार साहिपुर हुदै बटोलपुर जोड्ने हापुर खोलाका दुई स्थानमा पुल बन्ने भएका हुन ।

सडक विभाग अन्तरगत पुल निर्माण महाशाखाको करिव ६करोडको लगानीमा घोराही हापुर विजौरी, रतनपुर हुदै रक्षाचौर जोड्ने एउटा पक्की पुल निर्माण हुने भएको छ भने घोराही हापुर बटोलपुर,साहिपुर निघुवार अक्कासी संक्राम हुदै रक्षाचौर जोड्ने लागि ५ करोड ५७ लाखगरी दुई वटा पुल बन्ने भएको कार्यालयले जनाएको छ । एउटै सडकमा जोडिने दुईवटा पुलको निर्माण कार्य समेत सुरु भएको कार्यालयले जनाएको छ । बर्षेनी सडकमा ग्राबेल गर्नेकाम मात्र भएको वताउँदै त्यसको स्तर उन्नतीमा सकैले ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । सडक निर्माणका लागि आउने बजेटका बारेमा सर्वसाधारणलाई समेत कुनै जानकारी नहुने वताउँदै सडक त्यो बजेट पनि कर्यकर्ता पोस्नमै खर्च भएको हामीले पाएका छौ श्रोतले भन्यो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्