टिना शेर्पालीको समधुर स्वरमा सजिएको गीत ‘बोली भन्दा’को म्युजिक भिडियो सार्वजनिक(भिडियो)



काठमाडौं । चर्चित गायिका तथा मोडल टिना शेर्पालीको समधुर स्वरमा सजिएको गीत ‘बोली भन्दा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिका र प्रेमीले एक अर्कालाई नजिकबाट चिन्ने कुरालाई देखाउन खोजिएको छ । रुप हेर्नु भन्दा उसको व्यवहार चिनेर सम्बन्ध गास्नु पर्ने सन्देश दिइएको छ । अहिले मायामा विश्वासघात गर्ने चलन चलिरहेका बेला आजिवन माया गरिरहने कुरा प्रस्ट पारिएको छ ।

मैक्स प्रेजेंट्स स्टूडियोबाट सार्वजनिक भएको म्युजिक भिडियोको प्रोडूसर महादेव रेगर रहेका छन् भने शंकर रेगरले निर्देशन गरेका छन् । शब्द, लय तथा संगीत संयोजन बसंत चौधरीको रहेको यस गीतमा टीना शेर्पाली र सुमित चौहानको बेजोड अभिनय रहेको छ । रवे म्यूजिक इंडिया यस भिडियोको कोरियोग्राफर आशीष घोडकेले गरेका छन् । ड्रोन डीओपि नौशाद अहमदले गरेको यस म्युजिक भिडियोको सम्पादन परमिंदर कालराले गरेका छन् भने ड्रेस, मेकअप इंदिरा धानुकरले गरेका छन् ।

भारतको मुम्बईमा रहेर पनि गीत संगितलाई माया गर्ने शेर्पालीले हिन्दी गीतसंग संगै नेपाली गीत संगीतलाई माया गरेकी छन् । मोडल शिर्पाइली पत्रकारितामा समेत संलग्न रहकी छन् । उनले नेपाली साहित्यलाई प्रर्बधन गर्ने काममा पनि लागेकी छन् । थुप्रै म्यूजिक भिडियोमा स्वर दिएकी तथा अभिनय गरेको शेर्पालीकोे यो भिडियो युटुबमार्फत सार्वजनिक भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्