प्रधानमन्त्रीको नाम जोडिएको राष्ट्रिय प्रतियोगितामा मैदानको घास सफा गर्ने पैसा छैन

"घास सफा गरेर मैदान खेल्ने लायक बनाएर दिए खेल हुन्छ नत्र दाङमा हुन्न" प्रदेशका सचिब संजय संजय गुरुङ


लमही दाङ  मंसिर २६ ,

नेपाल क्रिकेट संघ क्यानले पुस ११ गतेदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमही क्रिकेट मैदानमा गर्ने निर्णय गर्यो तर प्रतियोगिता कसरि गर्ने जिल्ला र प्रदेशको जिम्मेवारी के हुने बिषयमा स्पष्ट योजना र प्रतियोगिता कार्यविधी नहुदाँ तयारि राम्रो हुन नसकेको गुनासो आउन थालेको छ ।

हाम्रो रिपोटर दाङ स्थित लमही मैदानमा जादा मैदान खेल्न योग्य देखिएन भने खासै तयारि र समन्यव देखिएन । फिल्डमा भेटिएका स्थानीय  क्लबका एक सदस्यले प्रधानमन्त्रीको नाम जोडिएको राष्ट्रिय प्रतियोगितामा मैदानको “घास सफागर्ने समेत  पैसा छैन सफा गरेर मैदान खेल्ने लायक  बनाएर दिय  खेल हुन्छ नत्र हुन्न” भन्ने जवाफ प्रदेशका सचिब संजय गुरुङ र अध्यक्ष दुर्गा थापाले गरे पछी हामि जिल्ला संघको आग्रह  अनुसार मैदान बनाउन लागेको बताय ।

यता जिल्ला संघका अध्यक्ष प्रदिप मजगैयाँले जिल्ला  संघलाई कुनै स्पस्ट निर्देशन नआएपनि   ‘यो प्रतियोगिता यस क्षेत्रको प्रतिष्ठासँग पनि जोडिएको हुँदा जसरी प्रतियोगिता सफलता पुर्बक सम्पन्न गर्ने लागेको बताउछन । जिल्ला  संघले स्थानीय लमही नगरपालिका र नगरविकास र स्थानीय क्लब र खेलाडीहरु  संग समन्वय गरि तयारि थालिएको बताए ” लमहीका मेयर कुलबहादुर केसी  सकारात्मक हुनुन्छ र सहयोग गरिरहनु भएको  छ समयमै तयारि सकिन्छ ” । ” स्थानीय क्लबका साथीहरु काम गर्दै हुनुन्छ स्थानीय श्रोत बाटै मैदान मरम्मत र घास काट्ने काम हुदैं छ  तर प्रतियोगिताको लागि आएको बजेट मैदान बनाउन खर्च हुनु पर्ने उनि बताउछन ।  केन्द्र प्रदेश र जिल्लाको भूमिकाको बारेमा  स्पस्ट प्रतियोगिता निर्देशिका  नहुँदा केहि समस्या आएको उनि स्विकार्छन तर जिल्ला एक्लै पनि यो प्रतियोगिता संचालन गर्न सक्षम छ हामी प्रतियोगिता सभ्य र भब्य तरिकाले सम्पन्न गर्छौं । ‘कोभिड-१९  को प्रभावले गर्दा थप चुनौती थपिदिएकोले सरोकारवाला हरुको सल्लाह अनुसार यसको पनि ब्यबस्थापन गर्न सकिन्छ । यस विषयमा हामीले थप ध्यान पुर्याउनु पर्ने देखिन्छ र हामी सबै मापदण्ड पूरा गरेर मात्रै प्रतियोगिता सुचारु गर्ने सोचमा छौं “।

लमही क्रिकेट मैदानको अबस्थाबारे उनि भन्छन “मैदान आफ्नो स्वामित्वमा नरहेको हुँदा मैदानको अवस्था त्यति सन्तोषजनक न देखिए पनि हामि समयमै तयारि गर्न प्रतिबद्ध छौं समयमै प्रतियोगिता हुन्छ ” ।

लुम्बेनी प्रदेशको प्रतियोगिता अन्योल

नेपाल क्रिकेट संघ क्यानले पुस ११ गतेदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्नको  लागि खेलाडी छनोट गर्न क्यानले प्रादेशिक क्रिकेट संघलाई पत्राचार गरिसकेको थियो , संघले मंसिर २१ गतेसम्म जिल्ला टिम छनोट गर्न भनेको भए पनि अधिकांस जिल्लामा छनोट हुन् सकेको छैन भने  प्रदेश स्तरीय प्रतियोगिता समेत अन्योल भएको छ । प्रदेशका एक सदस्यले हाल सम्म यो बिषयमा बैठक नबसेकोले आफुलाई प्रतियोगिता बारे कुनै जानकारी नरहेको बताए । हाल सम्म प्रतियोताको समय तालिका र स्थान समेत तोकिएको छैन ।

जिल्लाको बजेट र बल पनि आएन

क्यानले जिल्लाको महिला टिम छनोटका लागि संघबाट २० हजार रुपैयाँ र एक दर्जन बल उपलब्ध गराउने भनिएता पनि हाल सम्म खेलाडी छनोट गर्न पैसा र  बल समेत आउन सकेको छैन  ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्