प्रभु बैंक डिबेञ्चर–२०८७ को निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स



काठमाडौं । प्रभु बैंक र मेगा क्यापिटल मार्केट्सबीच १,००० अंकितका दरले १० वर्षको भुक्तानी अवधिका लागि ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ निष्काशन तथा विक्री प्रवन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका हुन्।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीनरतीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ।

२ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।

मेगा क्यापिटल मार्केट्स लि निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको ४ अर्ब बराबरको ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लिलाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौतामा पनि आजै हस्ताक्षर भएको छ।

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्