मङ्सिर २६, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित छिल्लीकोट पुग्नका लागि अब विजौरीको सडक प्रयोग हुने भएको छ ।
यस अघि विजौरी र दुधरासको दुबै सडक प्रयोग हुने गरेको भएपनि अब भने दुधरासको सडक बन्द गर्ने निर्णय गरेको कालिका–मालिक मन्दिर ब्यबस्थापन समितिका कोषाध्यक्ष प्रविर पुनले बताए ।
उनका अनुसार दुधरास हुँदै जाने सडकमा सिमेन्ट उद्योगका गाडी चल्ने र धुलाम्मे हुने भएकाले अब विजौरीको बाटो हुँदै छिल्लीकोट पुग्न पनि पर्यटकलाई अनुरोध गरेका छन् ।
साथै उनले छिल्लीकोटमा सुरक्षा ब्यबस्थामा कुनै कम्जोरी नहुँने समेत प्रतिबद्धता जनाए । केही दिन अघि मात्रै छिल्लीकोट पुगेका सक्रामका केही युवाहरुले गरेको दुव्र्य वहारप्रति निन्दा प्रकट गर्दै अब यस्ता गतिबिधि नहुँने समेत उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।