ओली–देउवा भेटः कांग्रेसको आन्दोलन रोकिएला ?



काठमाडौं । प्रधानमनत्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट वार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा संवैधानिक परिषदको बैठक राख्ने समझदारी भएको बताइएको छ । प्रधानमन्त्री ओली र देउवाबीचको बैठकमा ओली तर्फबाट नेकपा संसदीय दलका उपनेतासमेत रहेका पूर्वसभामुख सुवास नेम्बाङ र देउवाका तर्फबाट कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखक सहभागी थिए ।

‘‘प्रधानमन्त्रीले डाकेको संबैधानिक परिषदको बैठक तोकिएकै समयमा राख्ने विषयमा प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल भएको हो,’’ नेकपा नेता नेम्बाङले भने, ‘‘त्यही विषयमा उनीहरुले छलफल गर्नुभयो, हामी दुईजना (रमेश लेखक र सुवास नेम्बाङ) त्यसमा सहयोगका लागि बसेका थियौं ।’’ उनले बैठक आइतबार नै बस्ने सहमति जुटेको पनि जानकारी दिए ।

कांग्रेस नेता रमेश लेखेकले प्रधानमन्त्रीले सहमतिमै बैठक राख्ने र निर्णय गर्ने प्रस्ताव राखेपछि सभापति देउवाले त्यसमा समर्थन जनाएको बताए । ‘‘प्रधानमन्त्रीले संबैधानिक आयोगहरु खाली भएको लामो समय भयो, आयोगहरुमा सहमतिमै पदाधिकारी नियुक्तिको निर्णय गरौं भनेर प्रस्ताव गर्नुभयो,’’ बैठकमा सहभागी लेखकले भने, ‘‘सभापतिजीले सहमतिमै जाने पक्षमा हो भने बैठक पनि गरौं निर्णय पनि गरौँ भन्ने सहमति दिनुभएको हो ।’’

उनले आइतबार बैठक बस्ने र सहमति पदाधिकारी पनि नियुक्त हुने उनको भनाइ छ ।प्रमुख प्रतिपक्षी कांंग्रेसले आगामी २९ गते सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम गत १९ गते नै सार्वजनिक गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्