गीतकार लोकराज अधिकारीको ‘क्या बात’ सार्वजनिक(भिडियो सहित)



गीतकार लोकराज अधिकारीले ल्याए क्या बात ! नेपाली गीती लेखनमा नाम कमाएका गीतकार लोकराज अधिकारीले नयाँ गीत क्या बात ! को भिडियो सार्बजनिक गरेका छन । सार्बजनिक भएको गीतमा सरोज कोइरालाको संगीत वर्षा दासको स्वर रहेको छ । मेल भर्सनमा नरेन्द्र प्यासीको स्वर सुन्न सकिन्छ । मेल भर्सनको भिडियो भने केही समय पछि बनाउने योजना क्या ! बात टिमको छ ।

गीतकार अधिकारीले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेको भिडियोमा श्रीदेब भट्टराई , शिलास्मा हमाल, आश्मा अधिकारी र डा रोजिना अधिकारीको अभिनय रहेको छ । बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई अजय रेग्मी ले खिचेका हुन भने निर्देशन हेम प्रभासले गरेका हुन । लिला डागीको प्रस्तुति रहेको उक्त गीतको संगीत संयोजन गोबिन्द मधुर आचार्यले रेकर्डिङ मिक्सिङ सन्तोष पौडेलले गरेका हुन । नेपाली सुगम संगीत र चलचित्रमा गीत लेखेर ख्याती कमाएका गीतकार लोकराज अधिकारीले आफ्ना अघिल्ला गीत हरु जस्तै यो गीतले पनि श्रोताको मन जित्नेमा आशावादी छन । उनले भने च्यानल नयाँ छ तुलनात्मक रूपमा अन्य गीत भन्दा भ्युज थोरै हुन सक्छ । तर जतिले हेर्नू हुनेछ सिर्जनाले दिल छुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्