U.K Aid VSO तथा IA काे सहकार्यमा माहुरी हाेम द्वारा सन्चालित सहज परियाेजनाकाे अायाेजनामा अाज त्रियाकलाप : सामुदायिक अँक:समिक्षा तथा संवाद कार्यक्रम त्रिवेणी गाउँपालिका राेल्पामा सम्पन्न भएकाे छ।
समाजमा रहेकाे विद्यमान लैङ्िगक हिँसामा काम गर्दै अाएकाे सहज परियाेजना माहुरी हाेमले विगतमा त्रिवेणी गाउँपालिकामा गरेको कार्य र अब अाउँदा दिनहरुमा पालिका सँग सहकार्य गर्दै के कस्ता त्रियाकलाप र कार्य गर्ने उद्देश्यका साथ याे सामुदायिक अँकपत्रःसमिक्षा तथा सँबाद कार्यक्रम गरिएको हाे।
गाउँपालिका अध्यक्ष शान्त कुमार वलीकाे अध्यक्ष्ातामा सन्चालित कार्यक्रममा अथितिहरु वडा न ५ का वडा अध्यक्ष तथा न्यायिक समिति सदस्य कृष्ण बहादुर केसी ,वडा ६का वडा अध्यक्ष लेखमणि डाँगी ,ईन्टर नेशनल अर्लट लुम्बिनी प्रदेशका सिनियर अफिसर कविराम बाँठा नेर्पा प्रहरी ईन्चार्ज राम चन्द्र घर्ती ,महिला ,बालबालिका तथा समाज कल्याण ईकाइकी साहायक महिला निरीक्षक हिरा बुढा ,सहज परियाेजना अधिकृत दिनेश चाैधरी,सहज परियाेजनाका सामाजिक परिचालन राजेन्द्र घर्ती मगर रहनु भएकाे थियाे।
सामुदायिक अँकपत्र कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले सहज परियोजनाले गाउँपालिका रहेकाे न्यायिक समिति सँग सहकार्य गरेर लैङ्िगक उत्तरदायीत्व तथा जबाफदेहिता न्यायमा पहुँच पुर्याएकाेमा खुसी ब्यक्त गर्दै यस परीयाेजनाले हाम्रो गाउँपालिकामा लैङ्िगक हिँसा सम्वन्धि उल्लेखनीय याेगदान पुर्याएकाे भन्दै सहज परियाेजनामा खटिने सबै कर्मचारीहरुलाई धन्यवाद समेत ब्यक्त गर्नु भयाे ।
त्यस्तै कार्यक्रममा सहज परियाेजना अधिकृत दिनेश कुमार चाैधरीले उपस्थित सबै सहभागीहरु सँग छलफल गरी सामुदायिक अँकपत्रकाे निरन्तरता ,सम्भावना र यसलाई अझ प्रभाबकारी बनाउँनकाे लागि सुझाव र प्रतित्रिया समेत ल्याउनु भएकाे थियोे । भने सिनियर अफिसर कविराम बाँठाले सामुदायिक अँकपत्र अधिकारमुखि अबधारणा,शुसासन,जवाफदेहिता , शसक्तिकरण तथा सामुदायिक अँकपत्र केहाे जस्ता कुराहरुकाे कार्यक्रममा ब्याख्या विश्लेषण गर्नु भएकाे थियाे।
कानुन शाखाका प्रमुख प्रेम प्रकाश पुन द्वारा सन्चालित कार्यक्रममा प्रहरी,न्यायिक समितिहरु,जनप्रतिनिधि ,महिला शाखाका प्रमुख ,महिला सहकारीका प्रतिनिधि, सामाजिक अगुवा,राजनितीक दल, बुद्धिजीवी ,व्यापारी नागरिक समाजकाे सहभागीता रहेकाे थियाे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।