सैघाली खबर
पश्चिम रुकुम , २० । रुकुममा ट्याक्टर दुर्घटनामा घाइते भएकाहरुको हेलिकोप्टरबाट उद्धार गरिएको छ । मध्यपहाडी लोकमार्गको सानीभेरी गाउँपालिका ९ सिम्लीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।
दुर्घटनाका गम्भीर घाइतेहरु उत्तम कामी, गणेश पुन र चालक रामसागर चौधरीलाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको रुकुम २ का प्रदेशसभा सदस्य गोपाल शर्मा ‘अनल’ले जानकारी दिनुभयो । माओवादी केन्द्रका नेता एवं मन्त्री एवं रुकुमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
दुर्घटनामा आठविसकोट नगरपालीका ११ गोइरीका प्रेम कामीको ज्यान गएको थियो । सामान्य घाइते दिल बहादुर सिर्पालीको जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
मध्यपहाडी लोकमार्ग सडक निर्माण कार्यमा लागेको चन्द्रा एण्ड बसन्त कन्ट्रक्सन प्रा।ली।को म १ त १३५ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ सोही सडकमा काम गर्ने कामदारको मृत्यु भएको हो । सडक निमार्ण गर्न नदिबाट बालुवा ल्याउदै गर्दा बाटोमा माथिबाट ठुलो ढुंगा खसेको देखेपछि ट्याक्टर पछाडी फर्काउने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । ट्याक्टर अन्दाजी ३० मिटर तल खसेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।