गुल्मी काँग्रेसले आउँदो सोमबार सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने



गुल्मी, मंसिर २७ । नेपाली कांग्रेस गुल्मीले यहि मंसिर २९ गते अर्थात आउँदो सोमबार वर्तमान कम्युनिस्ट सरकारविरुद्ध जिल्लाको सदरमुकाम तम्घासमा बृहत प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार उक्त बृहत प्रदर्शन गर्न लागिएको सभापति भुवनप्रसाद श्रेष्ठले बताए । उनले सम्पूर्ण गुल्मेली जनतालाई सो कार्यक्रममा सहभागिताको लागि आग्रह गरे ।

कम्युनिस्ट सरकारको सर्वसत्तावाद विरुद्धमा गुल्मीको सदरमुकाम तम्घासको शहिद चोकमा बृहत प्रदर्शन गर्न लागिएको सचिव खिलध्वज पन्थीले बताए । वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड-१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र तनहुमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरुद्धमा बृहत विरोध प्रदर्शन गर्न लागिएको उनले बताए । विरोध प्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार तम्घासमा आउने गुल्मी कांग्रेसले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्