सैघाली खबर
दाङ, २० पुस । थारु कल्याण सभा दाङको आयोजनामा माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०७४ भव्य रुपमा मनाइने भएको छ । आज विहिवार घोराहीमा बसेको थारु अगुवाहरुको बैठकले पुस २८ गते घोराहीमा माघी महोत्सव गर्ने निर्णय गरेको छ ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तेजमान चौधरीको अध्यक्षतामा बसेको वैठकले घोराही उपमहानगर स्तरिय महोत्सवको लागि विभिन्न उपसमिति समेत निर्माण गरिसकेको छ ।
बैठकले थारु पहिचान र संस्कृति जर्गेनाको लागि थारु मघौटा नृत्य प्रतियोगिता, विभिन्न थारु परिकार र संस्कृतिको प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु संचालन गर्ने निर्णय समेत गरेको छ ।
यसवर्ष १ दिने महोत्सव संचालन गरेपनि अर्को बर्षदेखी २ दिने माघी महोत्सव मनाउने छलफल समेत गरिएको छ । बैठकले अन्य विषयमा थप छलफल गर्ने समेत जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।