रोकिएन महिला हिंसा,आफ्नै श्रीमानले बाँधेर तातो तेल खन्याइ जलाइदिदा अधिकारकर्मी मौन



सरु सुनार , काठमाडौ धादिङको ज्यामरुङमा गत कार्तिकमा आफ्नै श्रीमानले पुजा परियारलाई भैंसी बाध्ने दाम्लोले बाधेर दुई लिटर तेल उमाली शरीरका कपडा चक्कुले काटेर उमालेको तेल खन्याइदिए ।

२१ बर्षकी पुजा परियारको १५ महिनाको छोरा साथमा छ ।काठमाडौ दाइ भाउजुसंग बस्दा धादिङकै असिम परियारसंग प्रेममा परेकी पुजाले परिवारको अनुमती बिना नै बिवाहा गरिन । बिवाहा पछि श्रीमानको गाउँ फर्केकी पुजा माथी आफ्नो श्रीमान र सासुको शारीरिक र मानसिक हिंसा सुरु हुन थाल्यो , सासुले नानाभाती कुरा लगाउने अनि लोग्नेले पुजामाथी लाती र लठ्ठी बर्साउने पुजालाइ आफ्नो लोग्नेको कुटाइ हरेक दिन जस्तो सामान्य लाग्न थालेको थियोे ।एक दुई पटक प्रहरीमा लैजादा झनै बेलुका कुट्न थाले पछि उनको न्यायको लागि कानुनी ढोका पनि बन्द भएको थियोे । अन्तिममा आफ्नो लोग्नेले मोबाइलमा अस्लिल भिडियो आफ्नो आमाले देखेको भन्दै आफ्नै आमाको अगाडी तेल तताएर , दाम्लोले बाधी कोठामा चुकुल लगाइ खन्याइदिए ।यति मात्र होईन चक्कुले लगाएको कपडा काटेर यदि बोलेमा चिच्याएमा मारिदिने धम्की दिदै अनुहारका मुक्का बर्साए । यी सबै निर्दयी सासुले टुलुटुलु हेरेर , सुनेर मजा मान्दै थिइन् ।

सासुलाइ बचाउन अनुनयबिनय गर्दा पनि आफ्नै छोरी समान बुहारीको त्यो पीडा हेरेर बसिन् । शरीर सबै जलेर तातो तेलले छाला जलेर निबस्त्र गाउँ गाउँ अर्ध बिहोस भएर दौडिदा पनि अपराधी लोग्ने र सासुको मन पग्लेन , आफ्नै आमालाई त्यो रूपमा देख्दा त्यो अबोध बालक बरु रुन थाल्यो । गाउँलेको सहारामा स्थानीय अस्पताल ल्याइएकी पुजाको उपचार सम्भब नभए पछि काठमाडौको किर्तिपुर अस्पताल को इमर्जेन्सी कक्षमा २७ दिन राखी उपचार भयो दुइपटक अप्रेसन शरिरका एक ठाउका मासु अर्को तिर टाल्दै अस्पतालको बेडमा छट्पटीदा बाहिर अन्तरास्ट्रिय महिला हिंसा बिरुवाको दिबश महिला अधिकारकर्मीले धुमधमाका साथ मनाइरहेका थिए । गोष्ठी , सेमिनार , र महिला हिंसा विरुद्धका कार्यपत्र प्रस्तुत भैरहदा एउटा नारी आफ्नै परिवारबाट यस्तो हिंसा सहदा यो बारेमा आवज नै उठेन ! जबसम्म पुजा जस्ता हिंसामा परेका नारीको पिडालाइ न्यायिक आखाले देख्न सकिँदैन , उनलाई यो अबस्थामा पुराउने अपराधीलाई कडा सजायको लागि महिला अधिकार कर्मीले आवज उठाउदैनन् तबसम्म यस्ता घटनामा अपराधी उम्किरहन्छन् ।

हेर्नुहोस पुजाको यो पीडा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्