सैघाली खबर
दाङ,२१ पुस
पुर्व राजा ज्ञानेन्द्र शाह आज शुक्रवार दाङ आउने कार्यक्रम रहेको छ । पछिल्लो समयमा देशभर भ्रमण गरीरहनुभएका पुर्व राजा शाह आज शुक्रवार दाङ आउन लागेको उहाँको निजी सचिवालयले जानकारी गराएको हो ।
दाङ आएलगत्तै पुर्व राजा शाहले घोराहीमा रहेको अम्बिकेश्वरी मन्दिरमा विहान १० बजे पुजापाठ गर्ने , ११ बजे सिद्धरत्ननाथ गोरक्ष पात्रदेव मन्दिर चौधेरामा पुजापाठ गर्ने र १२ बजे घोराहीस्थित डोको होटलमा खाना खाने कार्यक्रम रहेको छ । उहाँका निजी सचिव सागर तिमिल्सीनाका अनुसार देशका विभिन्न शक्ति पीठमा पुजापाठका लागि राजधानी बाहिर आउनु भएको हो ।
धार्मिक रुपमा भ्रमण भइरहेको तिमिल्सीनाले जानकारी दिनुभएको छ । पछिल्लो समयमा नेपालगञ्जबाट सुरु भएको धार्मिक यात्रा आज दाङमा हुने जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।