महालक्ष्मी विकास बैंकमा प्रहरीको छापा, कर्मचारी पक्राउ



काठमाडौंस्थित महालक्ष्मी विकास बैंकमा भएको अनियमिततामा प्रहरीले छानबिन थालेको छ । छानबिनका लागि बैंकका केही कर्मचारीलाई ब्यूरोले पक्राउ गरिसकेको छ । सिआईबी स्रोतका अनुसार बैंकको कर्जा प्रवाहमा ठूलो हिनामिना भएको छ । कमसल धितोमा धेरै कर्जा प्रवाह भएको खुलेपछि छानबिन सुरु भएको हो ।

बैंकले पोखराका सुन ब्यवसायी कमल गुभाजुलाई ४ करोड ८० लाख रुपैयाँ ऋण दिएर ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति हडपेको राष्ट्रबैंकमा उजुरी छ । गुभाजुले लगेको ऋण तिरे पनि यतिले उनको ३८ करोड बराबरको सम्पत्ति हडपेको थियो ।

यति विकास बैंकका तत्कालीन सीइओ भूषण राणासहितको टोलीले उनको घरजग्गा हडपेका हुन् । पोखराको मोहरिया टोल स्थायी घर भएका प्रतिष्ठित सुन कारोबारी कमलमान गुभाजुको सारा सम्पत्ति गैरकानुनी रुपमा हडपेर राणाले सडकमा ल्याएपछि उनी न्यायका लागि राष्ट्रबैंकदेखि सबै निकायमा धाए पनि भूषण राणा कांग्रेस सभापति शेरबहादुर देउवाका साला भएकाले सुनुवाइ भएको छैन । तत्कालीन मनकामना विकास बैंकको सीईओ, पछि मर्ज भएपछि यति विकास बैंकको सीईओहुँदा राणाले गुभाजुको सम्पत्ति हडपेका हुन् ।

हाल यति विकास बैंक मर्ज भएर महालक्ष्मी विकास बैंकमा परिणत भएको छ । जापानमा २० बर्षसम्म सुनका गहना सम्बन्धी अध्ययन गरेर आएका कमलमान गुभाजुले पोखरा मोहरिया टोलमा कारोबार गर्न थाले । उनी कुशल ब्यवसायीको रुपमा स्थापित भए । उनको सुन पसल राम्रोसँग चल्यो । उनको सुनपसलमा दैनिक ३ करोडभन्दा बढी कारोबार हुन थालिसकेको थियो । गुभाजुले प्राइम बैंकसँग सुन खरिद गरी आर्थिक कारोबार पनि त्यही बैंकमार्फत गर्दै आएका थिए ।

उनको कारोबार फैलिंदै गएको र सफल ब्यवसायी बन्दै गएपछि २०६६ सालमा एक दिन तत्कालीन मनकामना बैंक र पछि यति बैंकका सीईओ भूषण राणा, डेपुटी सीइओ भाष्कर रिमाल, बैंकको पोखरा शाखाका म्यानेजर प्रवलसिंह ठकुरी उनको सुन पसलमा पुगे । पानी परिरहेको बेला उनलाई अनेक प्रलोभन दिएर तत्कालीन मनकामना बैंकको पोखरा शाखामा लगे ।

प्राइम बैंकबाट कारोबार नगरी मनकामना बैंकबाट गर्न अनेक प्रलोभन दिए । उनीहरुको प्रलोभनमा परी गुभाजुले आफ्नो नाममा रहेको पोखरा महानगरपालिका ११ को कित्ता नम्बर ७६ को १ रोपनी, पोखरा महानगरपालिका नयाँबजारको कित्ता नम्बर १५२१६ र १५२१८ को ५ रोपनी २ आना, कित्ता नम्बर १६ को लगायतका ११ कित्ता जग्गाको धितो मूल्यांकन १० करोड १२ लाख गरी गुभाजुलाई ४ करोड ८० लाख ऋण मनकामना विकास बैकले दिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्