बालविवाह, दाइजो र लागू औषध दुर्ब्यसन न्युनिकरण सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न



 

राजेन्द्र महतो लहान सिरहाको सुखीपुर नगरपालिका स्थित शिवचौकको प्राङ्गणमा शुक्रबारका दिन १ दिने बाल विवाह, दाइजो, लागू औषध दुव्र्यसन न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता दलित परिवर्तन समाजका अध्यक्ष परिक्षण मोचीले गरेका थिए ।

कार्यक्रममा सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीप राज कंडेलको प्रमुख अतिथि,सिरहा जिल्ला प्रहरी उपनिरीक्षक उमा शंकर पजियार ,शसस्त्र प्रहरी बल प्रहरी उपनिक्षक दिपेन्द्र गिरी ,ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी इन्चार्ज अरबिन्दसाह,इलाका सुखिपुर नायब निरिक्षक राम नरायण यादव,शसस्त्र प्रहरी बल सुखिपुर नायब निरीक्षक बिदेशी मगर ,नेपाली कांग्रेस पाटी सिरहाको सभापति राम चन्द्र यादव , सिरहा युथ नेटवर्क पदअधिकारी नायेवर राई , बिक्की गुप्ता , अरुणा यादव , नगर सुधार समिति का अध्यक्ष बि पी भुवन यादव , वडा नं ,८ अध्यक्ष हरिवंश महतो लगायत समाजसेवी ,पत्रकार ,युवा ,महिला गरि ३०० जनाको सहभागिता रहेका थिए ।

कार्यक्रममा बल बिबाह ,दाइजो, लागूऔषध दुव्र्यसन सहितको नियुनिकरण कसरी गर्ने भन्ने विषयमा बिस्तृत जानकारी दिएका थिए । सिरहा युथ नेटवर्क का सदस्य अरुणाले बास्तबमा हाम्रो समाज मा अशिक्षा र जनचेतना आभाबमा हाम्रा युवा वर्ग , बालविवाह ,लागू ओषधीमा नराम्रो कार्य आबद्ध हुँदै गरेको छ । त्यसै ले यसलाई रोकधाम गर्नको लागि पहिला आफ्नो व्यहार मा परिवर्तन अवस्य हो अनि मात्रै हाम्रो समाज राम्रो हुने छ भने बताइन् ।

कार्यक्रममा जिल्ला प्रशासन प्रमुख को अगुवाइ मा बाल बिबाह , दाईजोप्रधा , लागु ओषधी रोकथान गर्न को लागी युवा समूह गठन गरेका छ्न। त्यस्तै सुखिपुर वडा नं ८ अध्यक्ष हरि बंश महतो दारा ईलाका प्रहरी कार्यालय सुखिपुर लाई दुई थान साईकल हस्तान्तरण समेत गरेका छ्न्। यस्ता हाम्रो समाज अपराध भईरहेको छ भने यसलाई न्यूनीकरण गर्न को लागि प्रहरी किर्यासिल र प्रतिवध रहेको सिरहा प्रहरी उपनिरिक्षक उमा शंकर पजियारले बताए । कार्यक्रमको समापन दलित परिवर्तन समाजका अध्यक्ष परिक्षण मोचीलेले गरेका थिए।\

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्