दाङ पूर्ण खोपयुक्त जिल्ला हुने



सैघाली खबर
दाङ,२१ पुस

दाङलाई पुस २३ गते औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण खोपयुक्त जिल्लाका रुपमा घोषणा गर्ने तयारी गरेके छ । जिल्ला जनस्वास्थ कार्यालयको व्यवस्थापनमा पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन लागेको हो ।
आर्थिक बर्ष २०७० / ०७१ देखि सुरु भएको पूर्ण खोप कार्यक्रमलाई पुस २३ गते घोराहीमा हुने औपचारिक कार्यक्रमको तयारी भइरहेको छ ।

जिल्लालाई पूर्ण खोपयुक्त घोषणाका लागी सरकारका उपप्रधानमन्त्री कृष्णबहादुर महरा आउने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ कार्यालय दाङका प्रमुख डा, घनश्याम पोखरेलले जानकारी दिनुभएको छ ।

साविकका गरिस, नगरपालिकामा पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्न थालिएको अभियानको पहिलो चरणको कार्यक्रमले पुस २३ गते भए पनि त्यसबाहेक आगामी दिनमा खोपका कार्यक्रमहरुलाई तीब्रता दिने जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ । घोषणा सफल बनाउन तिब्र रुपमा तयारी भैरहेको जिल्ला जनस्वाथ्य कार्यालय दाङले जनाएको छ ।
 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्