उखु किसानको भुक्तानी हर्जना ब्याज सहितको माग गर्दै सरकारलाई ध्यानाकर्षण



 

अखिल नेपाल किसान युनियनले एक बक्तब्य जारी गर्दै हर्जाना र ब्याज सहीत ऊखु किसानले पाउनु पर्ने बक्यौता भुक्तानी तुरुन्तै असुल उपर गर भन्ने सरकारसँग माग गरेको छ र ऊखु किसान आन्दोलनप्रति समर्थन जनाउँदै ऐक्यबद्धता जाहेर गरेको छ । बक्तब्यको पूर्ण पाठ यस प्रकार छ : सरकारको फोस्रो आश्वासन, आलटाल र अल्मल्याउन प्रबृत्तिले गर्दा चिनीमिल मालिकहरुले बर्षौदेखि ऊखु किसानलाई दिनुपर्ने ऊखुको भुक्तानि नदिएपछि गत बर्षदेखि सर्लाहीका ऊखु किसानहरु काठमाण्डौमा आएर आन्दोलनरत हुन बाध्य बाध्य बनेका थिए । त्यतिबेला सरकारले ऊखु किसानसँग तत्कालै भुक्तानी दिन गरिएको सहमति पनि कागजको खोस्टामा परिणत भएको छ । अखिल नेपाल किसान यूनियन सरकार र चिनी मिलको किसान बिरोधी यस्तो पीडक र शोषणकारी रबैयाको घोर निन्दा र भर्त्सना गर्दछ ।

साथै आन्दोलनरत उखा किसानको जायज आन्दोलनको जोडदार समर्थन गर्दछ अखिल नेपाल किसान यूनियन बर्षौदेखि ऊखु किसानले पाउनु पर्ने रकम भुक्तानी नदिएर बिलम्ब भए बापतको हर्जाना र ब्याज सहीत ऊखु किसानको सम्पूर्ण बक्यौता तुरुन्त अशुल उपर गर भन्ने सरकारसँग जोडादर माग गर्दछ ।

ऊखुबालीको लागतमा ५० प्रतिशत थप गरेर ऊखुको समर्थन मूल्य निर्धारण गर, ऊखु किसानले लिएको ऋण मिनाहा गर र ऊखु खेतीका लागि निर्ब्याजी ऋण प्रबाह गर्ने बन्दोबस्त गर, रोग कीरा, प्राकृतिक प्रकोप आदिबाट हुने नोक्सानीबाट संरक्षण गर्न र क्ष्तिपूर्ति दिन सहज ऊखु बाली बीमाको ठोस ब्यबस्था गर, बन्द गरिएका सरकारी चिनी मिल खोल र ऊखु उत्पादक किसानको ऊखु किन्ने सुनिश्चितता प्रदान गर र यी सबै प्रकृयामा किसान बिचौलियाबाट ठगिने स्थितिको अन्त्य गर भन्ने पनि अखिल नेपाल किसान यूनियन जोडदार माग गर्दछ ।

लोकनारायण सुबेदी अध्यक्ष अखिल नेपाल किसान यूनियन

२०७७ मंसीर २७

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्