पार्टी एकताका विषयमा एमाले माओवादी छलफलमा



सैघाली खबर
दाङ,२१ पुस

पार्टी एकताका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज आन्तरिक छलफल गर्दैछन् । आज आन्तरिक छलफल गरेपछि भोलि दुई अध्यक्ष बीच छलफल हुने नेताहरुले बताएका छन् । एमाले उपमहा सचिव विष्णु पौडेलले दुवै दल आन्तरिक छलफलमा रहेको र आज पनि छलफल हुने बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट शनिबार फर्केप्छि दुई अध्यक्षबीच छलफल हुने उहाँले जानकारी दिनुभयो । पार्टी एकता र राजनीतिक वस्तुस्थितिबारे अन्तरसंवाद भइरहेको र एकतामा कुनै समस्या नरहेको पौडेलको दावी छ ।

हिजो दुवै अध्यक्ष बीच लामो टेलिफोन संवाद भएको उहाँले जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार दिउँसो काठमाडौँ फर्किने कार्यतालिका रहेको छ । एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार भए दुवै नेता बीच अध्यक्ष प्रचण्ड फर्के लगत्तै भेटवार्ता हुनेछ । हिजो एमाले नेताहरुले अध्यक्ष ओली निवास बालकोटमा दुई चरण छलफल गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्