उद्योगको बढ्दो प्रदुषणले जन,धन र बन नासिदै,  पीडित भन्छन–कि वस्ती, कि उद्योग हटाउ 



 गिरिराज नेपाली

दाङ, २१ पुस ।  सोनापुर सिमेन्ट उद्योगको वढ्दो प्रदुषणले स्थानीय जन, धन र बनमा प्रत्यक्ष प्रभाव पारेको छ ।  उद्योगले स्थानीयवासी, प्रशासन र वातावरण तथा उद्योग मन्त्रालय संग प्रदुषण घटाउन पटक–पटक सहमति गरे पनि प्रदुषण नियन्त्रण गर्न नसक्दा स्थानीयहरु प्रदुषणको पिडा खेप्न वाध्य भएको छन  ।  वढ्दो प्रदुषणका कारण मानव तथा पशुपन्छीको स्वास्थ्य, वनजंगलको क्षति  र स्वास्थ्यउपचारका लागि आर्थिक भार समेत खेप्नु परेको छ । जसका कारण स्थानीयहरुको दैनिक जनजीवन संगै स्वस्थ्य प्रतिकुल बन्दै गईरहेको छ ।

२०६५ साल देखी नियमित उत्पादन शुरु सञ्चालनमा आएको उक्त उद्योग वातावरणमैत्री भनिए पनि प्रदुषण नियन्त्रण तथा न्युनिकरणमा कुनै वास्ता नगरेको स्थानीय पीडितहरुको गुनासो छ । भने  रातको समयमा उद्योगले प्रदुषण बढाउने गरेको छ । तुलसीपुर उपमहानगरपालिका –१८ दुधरास स्थित सोनापुर मिनरल्स एण्ड आयल उद्योग प्राली द्वारा सञ्चालित सोनापुर सिमेन्टले क्षमता भन्दा वढि उत्पादन गर्ने, २४ सै घण्टा मेशिन सञ्चालन गरिरहने र  रातको समयमा ठुला–ठुला मेशिन सञ्चालन गर्ने गर्दा प्रदुषण निकै बढाउदै लगेको स्थानियहरुको गुनासो छ ।

प्रदुषणका कारण मान्छे देखी वस्तुभाउ, वालीनाली देखी वोटविरुवा सम्ममा असर वढ्दै गईरहेको स्थानिय माया बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ करिव दश वर्ष भयो, धुँवाधुँलोले हामीलाई मार्दैछ । अब कि राज्यले उद्योग हटाउनु प¥यो , कि होईन भने हाम्रा वस्ती नै हटाउनु प¥यो । ’ गाउँ नै उठेर धुवाँधुँलो नियन्त्रण गर्न उद्योग लाई कयौ पटक भन्यौ, तर उद्योगले गर्छु गर्छु  मात्रै भन्छ , कहिले गर्दैन । प्रदुषण नियन्त्रण नहुदा हामी दिउसो पनि धुँवा–धुँलो, रातमा पनि धुवाँधुँलो , भातमा धुँवाधुँलो, ओछ्यानमा पनि धुँवा–धँुलोमै भएर मर्ने भयो ।

त्यस्तै स्थानिय कुलराज चौधरीले  उद्योगको धँुवाधुँलो  पिडा मात्रै होईन ध्वनी प्रदुषणको पिडा पनि उस्तै रहेको  बताउनुभयो । उहाँले  भन्नुभयो– ‘ विद्यार्थी देखी वृद्धवृद्धाहरु उद्योगको कोलाहालले धेरै प्रभाव  पारेको छ । ’ राती घर नै थर्किने गरी उद्योग चल्छ । वाहिरी आयो कालो तुवालो घर आँगन छोपेको हुन्छ ।  ध्वनी प्रदुषणका कारण विद्यार्थीहरुले घरमा पढ्नलेख्न देखी टेलिभिजना हेर्न समेत समस्या भईरहेको उहाँले बताउनुभयो ।  तर  पीडितहरुको समस्या कसैले नसुनेको नबुझेको उहाँ बताउनुहुन्छ ।

वस्तुभाउ पाल्न धौ 

मान्छे जे भोग्दै छौ  गाईवस्तु, भेडाबाख्रा चल्ला कुखुराको हालत पनि उस्तै छ । खानेघाँस देखी वस्ने बाँस सम्ममा धुँलोधुँवाले रङगिन्छन । बस्तुभाउलाई के खुँवाएर र कहाँ राखेर पाल्ने हो । गोठमो पराल देखी खेतवारीको घाँस सम्म धुँलो जमेर धुलाम्मे भएको बताउनुहुन्छ  स्थानीय   दिपा डाँगी वस्नेतले । उहाँले भन्नुभयो– ‘ हाम्रा छदैछन , लालाबालाका नाक कान पनि धुँलोधुँवाले कालै हुन्छन । ’ गौचरण क्षेत्रमा बस्तुभाउ चराउन पनि  गाई÷भैसीले घाँस नखाने उहाँको भनाई छ ।  उद्योगको ढल निकासाका कारण गाउँको पानी सोता ‘किईरे सोता’  निकै प्रदुषण हुदा गाईवस्तुलाई पानी खुँवाउन समेत मुस्किल गर्ने गरेको उहाँले बताउनुभयो  ।  खेतवारीमा उत्पादन वालीनाली धुँलोधँुवाले स्याहार्नै मुस्किल पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ उद्योग तारवार संगै सटेका खेतवारीमा खेती हुनै छोड्यो ।  त्यहाँका वाली धुँवाधुँलो घरमा ल्याउन पनि सकिदैन ।

 बन विनाश हुदै

सोनापुर सिमेन्ट उद्योग क्षेत्र संग रहेको कातिके सामुदायिक रानी बन प्रदुषणका कारण मासिदै गईरहेको बन उपभोक्ता समितिको भनाई छ । धुँवाधँुलो कारण लगाएका वाटो विरुवा उम्रन हुर्किन नपाउने, ठुला रुखहरु अत्याधिक धुँलोधुँवाका  कारण सुक्दै गईरहेकाले बन  पनि विस्तार रित्तो हुदै गईरहेको  सामुदायिक बनका अध्यक्ष धन वहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ उद्योगले जन,धन र बन सवै  नास्दै  लगेको छ ।  अध्यक्ष वस्नेतका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा बन क्षेत्रमा ४ हजार नयाँ विरुवा  रोपे पनि  ति विरुवाहरु एउटा पनि नबच्ने गरी धुँवाधँुलोले मासेको उहाँले बताउनुभयो । यसरी बन नै मासिने गरी सञ्चालन गरीएको उद्योगले स्थानीयहरुको जनस्वास्थ्यमा  निकै असर परेको उहाँले बताउनुभयो ।  उक्त बन  एक सय छ दशमलव ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

मुटु, दम र क्षयरोगी रोगीका विरामी घरैपिच्छे

गाउँकै विचमा उद्योग सञ्चालन हुदाँ  उद्योग आसपासका स्थानीयहरु घरैपिच्छे मुटु, श्वासप्रश्वास र क्षयरोगको औषधी सेवन गर्ने गरेका छन । उद्योग पूर्वी गाउँ ८० घरधुरी गन्दर्भ समुदायको बाक्लो वस्ती छ ।  उद्योगको प्रत्यक्ष असर त्यहाँ पर्छ ।  जहाँ पीडितहरुले  उद्योगमै काम गरेर बाँच्नका लागि  औषधी किन्ने गरेको पीडितहरुको भनाई ।  धँुवा र धँुलोको कारण बालबच्चा देखी वृद्धवृद्धा सवैले मुटु ,श्वासप्रश्वास र क्षयरोग जस्ता रोगको नियमित औषधी सेवन गर्नुपर्ने वाध्यता रहेको बताउनुहुन्छ स्थानीय मइते गन्र्दभ ।  के गर्ने उद्योगले धुँवा र धुँलो उडाउन छोड्दैन । हामीले वस्ती छोडेर अन्त जान्न पनि सक्दैनौ । जाने ठाउँ पनि कहाँ  नै छ र ?  २४ सै घण्टा धुँलो र धँुवा खाने ८÷८ घण्टामा औषधी खाने बस्ने । यस्तै  छ हाम्रो वस्तीको बसाई ।

मापदण्ड अनुरुप चल्नुपर्छ ः सिडियो

प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले जनस्वास्थ्य  र वातावरणमा माथि कुनै प्रभाव नपार्ने गरी उद्योग सञ्चालन गर्न  पाउनु कानुनी अधिकार छ । तर  नागरिकको स्वास्थ्य र वातावरणलाई खललमा पारी उद्योग सञ्चालन गर्नु भनेको त्यो मापदण्ड विपरित नै ठहर हुन्छ ।  त्यसको नियमन गरी  प्रदुषण नियन्त्रणका लागि स्थानीय प्रशासनले कानुनी सुत्र लगाई उद्योगलाई कानुनी दायरामा ल्याई मापदण्ड अनुरुप उद्योग संचालन गर्न लगाउने बताउनुभयो ।

प्रदुषण छैन ः उद्योग

सोनापुर सिमेन्ट उद्योगले आफुल वातावरणमैत्री रुपमा सञ्चालित रहेको जनाएका छ । उद्योगका प्रवन्धक हरि पाठकले प्रदुषण नियन्त्रण प्रविधि जडान गरेकाले प्रदुषण मुक्त उद्योगका रुपमा उद्योग संञ्चालन रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ सामान्य धँुवाधँुलो उड्छ नै , तर जो वाहिरी भ्रम छ । त्यो अनुरुप छैन । ’ कानुनी शर्त अनुरुपका सवै वातावरणिय मापदण्ड पुरा गरी  उद्योग सञ्चालित छ । अन्यथा केही होईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्