गिरिराज नेपाली
दाङ, २१ पुस । सोनापुर सिमेन्ट उद्योगको वढ्दो प्रदुषणले स्थानीय जन, धन र बनमा प्रत्यक्ष प्रभाव पारेको छ । उद्योगले स्थानीयवासी, प्रशासन र वातावरण तथा उद्योग मन्त्रालय संग प्रदुषण घटाउन पटक–पटक सहमति गरे पनि प्रदुषण नियन्त्रण गर्न नसक्दा स्थानीयहरु प्रदुषणको पिडा खेप्न वाध्य भएको छन । वढ्दो प्रदुषणका कारण मानव तथा पशुपन्छीको स्वास्थ्य, वनजंगलको क्षति र स्वास्थ्यउपचारका लागि आर्थिक भार समेत खेप्नु परेको छ । जसका कारण स्थानीयहरुको दैनिक जनजीवन संगै स्वस्थ्य प्रतिकुल बन्दै गईरहेको छ ।
२०६५ साल देखी नियमित उत्पादन शुरु सञ्चालनमा आएको उक्त उद्योग वातावरणमैत्री भनिए पनि प्रदुषण नियन्त्रण तथा न्युनिकरणमा कुनै वास्ता नगरेको स्थानीय पीडितहरुको गुनासो छ । भने रातको समयमा उद्योगले प्रदुषण बढाउने गरेको छ । तुलसीपुर उपमहानगरपालिका –१८ दुधरास स्थित सोनापुर मिनरल्स एण्ड आयल उद्योग प्राली द्वारा सञ्चालित सोनापुर सिमेन्टले क्षमता भन्दा वढि उत्पादन गर्ने, २४ सै घण्टा मेशिन सञ्चालन गरिरहने र रातको समयमा ठुला–ठुला मेशिन सञ्चालन गर्ने गर्दा प्रदुषण निकै बढाउदै लगेको स्थानियहरुको गुनासो छ ।
प्रदुषणका कारण मान्छे देखी वस्तुभाउ, वालीनाली देखी वोटविरुवा सम्ममा असर वढ्दै गईरहेको स्थानिय माया बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ करिव दश वर्ष भयो, धुँवाधुँलोले हामीलाई मार्दैछ । अब कि राज्यले उद्योग हटाउनु प¥यो , कि होईन भने हाम्रा वस्ती नै हटाउनु प¥यो । ’ गाउँ नै उठेर धुवाँधुँलो नियन्त्रण गर्न उद्योग लाई कयौ पटक भन्यौ, तर उद्योगले गर्छु गर्छु मात्रै भन्छ , कहिले गर्दैन । प्रदुषण नियन्त्रण नहुदा हामी दिउसो पनि धुँवा–धुँलो, रातमा पनि धुवाँधुँलो , भातमा धुँवाधुँलो, ओछ्यानमा पनि धुँवा–धँुलोमै भएर मर्ने भयो ।
त्यस्तै स्थानिय कुलराज चौधरीले उद्योगको धँुवाधुँलो पिडा मात्रै होईन ध्वनी प्रदुषणको पिडा पनि उस्तै रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ विद्यार्थी देखी वृद्धवृद्धाहरु उद्योगको कोलाहालले धेरै प्रभाव पारेको छ । ’ राती घर नै थर्किने गरी उद्योग चल्छ । वाहिरी आयो कालो तुवालो घर आँगन छोपेको हुन्छ । ध्वनी प्रदुषणका कारण विद्यार्थीहरुले घरमा पढ्नलेख्न देखी टेलिभिजना हेर्न समेत समस्या भईरहेको उहाँले बताउनुभयो । तर पीडितहरुको समस्या कसैले नसुनेको नबुझेको उहाँ बताउनुहुन्छ ।
वस्तुभाउ पाल्न धौ
मान्छे जे भोग्दै छौ गाईवस्तु, भेडाबाख्रा चल्ला कुखुराको हालत पनि उस्तै छ । खानेघाँस देखी वस्ने बाँस सम्ममा धुँलोधुँवाले रङगिन्छन । बस्तुभाउलाई के खुँवाएर र कहाँ राखेर पाल्ने हो । गोठमो पराल देखी खेतवारीको घाँस सम्म धुँलो जमेर धुलाम्मे भएको बताउनुहुन्छ स्थानीय दिपा डाँगी वस्नेतले । उहाँले भन्नुभयो– ‘ हाम्रा छदैछन , लालाबालाका नाक कान पनि धुँलोधुँवाले कालै हुन्छन । ’ गौचरण क्षेत्रमा बस्तुभाउ चराउन पनि गाई÷भैसीले घाँस नखाने उहाँको भनाई छ । उद्योगको ढल निकासाका कारण गाउँको पानी सोता ‘किईरे सोता’ निकै प्रदुषण हुदा गाईवस्तुलाई पानी खुँवाउन समेत मुस्किल गर्ने गरेको उहाँले बताउनुभयो । खेतवारीमा उत्पादन वालीनाली धुँलोधँुवाले स्याहार्नै मुस्किल पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ उद्योग तारवार संगै सटेका खेतवारीमा खेती हुनै छोड्यो । त्यहाँका वाली धुँवाधुँलो घरमा ल्याउन पनि सकिदैन ।
बन विनाश हुदै
सोनापुर सिमेन्ट उद्योग क्षेत्र संग रहेको कातिके सामुदायिक रानी बन प्रदुषणका कारण मासिदै गईरहेको बन उपभोक्ता समितिको भनाई छ । धुँवाधँुलो कारण लगाएका वाटो विरुवा उम्रन हुर्किन नपाउने, ठुला रुखहरु अत्याधिक धुँलोधुँवाका कारण सुक्दै गईरहेकाले बन पनि विस्तार रित्तो हुदै गईरहेको सामुदायिक बनका अध्यक्ष धन वहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ उद्योगले जन,धन र बन सवै नास्दै लगेको छ । अध्यक्ष वस्नेतका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा बन क्षेत्रमा ४ हजार नयाँ विरुवा रोपे पनि ति विरुवाहरु एउटा पनि नबच्ने गरी धुँवाधँुलोले मासेको उहाँले बताउनुभयो । यसरी बन नै मासिने गरी सञ्चालन गरीएको उद्योगले स्थानीयहरुको जनस्वास्थ्यमा निकै असर परेको उहाँले बताउनुभयो । उक्त बन एक सय छ दशमलव ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
मुटु, दम र क्षयरोगी रोगीका विरामी घरैपिच्छे
गाउँकै विचमा उद्योग सञ्चालन हुदाँ उद्योग आसपासका स्थानीयहरु घरैपिच्छे मुटु, श्वासप्रश्वास र क्षयरोगको औषधी सेवन गर्ने गरेका छन । उद्योग पूर्वी गाउँ ८० घरधुरी गन्दर्भ समुदायको बाक्लो वस्ती छ । उद्योगको प्रत्यक्ष असर त्यहाँ पर्छ । जहाँ पीडितहरुले उद्योगमै काम गरेर बाँच्नका लागि औषधी किन्ने गरेको पीडितहरुको भनाई । धँुवा र धँुलोको कारण बालबच्चा देखी वृद्धवृद्धा सवैले मुटु ,श्वासप्रश्वास र क्षयरोग जस्ता रोगको नियमित औषधी सेवन गर्नुपर्ने वाध्यता रहेको बताउनुहुन्छ स्थानीय मइते गन्र्दभ । के गर्ने उद्योगले धुँवा र धुँलो उडाउन छोड्दैन । हामीले वस्ती छोडेर अन्त जान्न पनि सक्दैनौ । जाने ठाउँ पनि कहाँ नै छ र ? २४ सै घण्टा धुँलो र धँुवा खाने ८÷८ घण्टामा औषधी खाने बस्ने । यस्तै छ हाम्रो वस्तीको बसाई ।
मापदण्ड अनुरुप चल्नुपर्छ ः सिडियो
प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले जनस्वास्थ्य र वातावरणमा माथि कुनै प्रभाव नपार्ने गरी उद्योग सञ्चालन गर्न पाउनु कानुनी अधिकार छ । तर नागरिकको स्वास्थ्य र वातावरणलाई खललमा पारी उद्योग सञ्चालन गर्नु भनेको त्यो मापदण्ड विपरित नै ठहर हुन्छ । त्यसको नियमन गरी प्रदुषण नियन्त्रणका लागि स्थानीय प्रशासनले कानुनी सुत्र लगाई उद्योगलाई कानुनी दायरामा ल्याई मापदण्ड अनुरुप उद्योग संचालन गर्न लगाउने बताउनुभयो ।
प्रदुषण छैन ः उद्योग
सोनापुर सिमेन्ट उद्योगले आफुल वातावरणमैत्री रुपमा सञ्चालित रहेको जनाएका छ । उद्योगका प्रवन्धक हरि पाठकले प्रदुषण नियन्त्रण प्रविधि जडान गरेकाले प्रदुषण मुक्त उद्योगका रुपमा उद्योग संञ्चालन रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ सामान्य धँुवाधँुलो उड्छ नै , तर जो वाहिरी भ्रम छ । त्यो अनुरुप छैन । ’ कानुनी शर्त अनुरुपका सवै वातावरणिय मापदण्ड पुरा गरी उद्योग सञ्चालित छ । अन्यथा केही होईन ।