सैघाली खबर,
दाङ, २१ पुस ।
अनुमति नलिएरै सामुदायिक वनको माटो उत्खनन् गर्ने सवारी साधनलाई प्रहरीले नियणत्रणमा लिएको छ । अनुमति नलिएर माटो उत्खनन् गर्ने एउटा डोजर र दुईवटा ट्रिप्परलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियणत्रणमा लिएको हो ।
कसैलाई नसोधी तुलसीपुर १९ बाँसगडीको एक सामुदायिक वनको माटो उत्खनन् गरेकाले नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार माटो उठाउन प्रयोग भएका ना ७ ख ६४९६ र रा १ ख १४८५ नम्वरका ट्रिप्पर र रा १ क ४८४ नम्वरको डोजर नियणत्रणमा लिईएको । ती सवारी साधनलाई कानुन बमोजिम कारबाही गर्न जिल्ला समन्वय समितिको कार्यालय दाङमा पठाईसकिएको समेत डिएसपी सापकोटाले बताए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।