भूमिहिनहरुलाई लालपूर्जा दिने कामको थालनी नगरपालिकामा सुरू: नगर प्रमुख शाह



 

कृष्णनगर
कपिलवस्तु कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले भूमिहिनहरुलाई लालपूर्जा दिने कामको थालनी नगरपालिकामा सुरु भएको बताउनुभएको छ ।

लुम्बिनी प्रदेशको बुटवलमा आइतबार भूमि समस्या समाधान आयोगसंग सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मायादेवी अनलाइनसंग संक्षिप्त प्रतिक्रिया दिदैं नगर प्रमुख शाहले नगरभित्र बसोबास गर्ने घरबारबिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई लालपूर्जा दिने अभियानको थालनी गर्ने बताउनुभयो ।

नगरभित्र यस्तो समस्या विकराल रहेको भन्दै अब भूमिहिनलाई भूमिपति बनाएर आफ्नो जिम्मेवारी पूरा गर्ने सपना साकार हुन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

तीव्र गतिमा यो कामको थालनी गरेमात्र भूमिहिनले लालपूर्जा बनाउने भएकाले अब तत्काल आयोगले तोकेका कामहरु गर्ने उहाँले बताउनुभयो । कपिलवस्तुमा ६ स्थानीय तहले यो समस्या समाधानको जिम्मेवारी पाएका छन् ।सभार मायादेवी आनलाइन डटकम।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्