सडकपेटीका ब्यक्तिहरुलाई खाना खुवाउदै खड्काले मनाइन जन्मदिन



 

थाहा अनलाइन , काठमाडौ । समाजसेवी तथा  सोच नेपालकी अध्यक्ष बिमला खड्काले सडकपेटिमा रात गुजार्नै , अत्यन्तै दुखी , गरिबीहरुलाइ खाना खुवाएर आफ्नो जन्म दिन मनाएकी छिन् । कोरोना भाइरस र लकडाउनले सर्बसाधरणमा पारेको असर र प्रभावले दैनिक कामगर्ने र सडकपेटीमा रहेका ब्यक्तिको जनजीवनमा निकै ठुलो असर परेको बेला १०० ग्रुपले रत्नपार्क वरिपरि पुरानो बसपार्कमा खाना खुवाउदै आएको थियोे ।

जब सार्बजनिक ठाउँमा खाना खुवाउन काठमाडौ महानगरपालिकाले रोक लगाए पछि थापाथलीमा १०० ग्रुपले खाना खुवाउदै आएको छ । आफ्नो जन्म दिनको अबसरमा करिब ३०० ब्यक्तिलाई खाना खुवाएर आफ्नो जन्म दिन खड्काले मनाएकी छिन् । एक छाक भए पनि दुखी गरिबको भोको पेट भर्न पाउँदा आफुलाई आत्मसन्तुष्टि मिलेको बताएकी छिन ।

राज्यस्तरबाट नै यस्ता सडकपेटीका नागरिकहरुको गाँस बासको ब्यबस्थापन गर्नु पर्ने र राज्यको ध्यान जान जरुरी छ भन्दै आफुले अरु फजुल खर्च गरि जन्म दिन मनाउनु भन्दा गरिब दुखीहरुको आशीर्वाद नै आफ्नो जन्म दिनको ठुलो उपहार सम्झी यसरी मनाएको बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्