प्रभाबकारी बन्दै सरकारी बिद्यालयका होस्टेल



दिपक बोहरा, तुलसीपुर २१ पुस ।

तुुलसीपुर ४ मा रहेको जनश्रम माबि खाद्रेमा होस्टेल सञ्चालन हुनु भन्दा पहिले एसएलसी ( हालको एसइई ) परिक्षामा उत्तिर्ण हुनेको संख्या कम्जोर थियो । होस्टेल सञ्चालन भएर , होस्टेलमै पठन पाठन भएपछि जति बिद्यार्थी उत्तिर्ण भए, त्यति बिद्यार्थी होस्टेल सञ्चालन हुनुभन्दा पहिले उत्तिर्ण हुन सकेका थिएनन् । गतवर्ष ६० जना बिद्यार्थी मध्य सबै बिद्यार्थी ‘बि ग्रेड’ भन्दा माथिल्लो ग्रेडमा उत्तिर्ण हुन सफल भए । ७६ प्रतिसत बिद्यार्थी उतिर्ण गराउन सफल भएको विद्यालयले जनाएको छ ।

फलामे ढोकाका रुपमा चिनिने एसइई अध्ययन गर्ने बिद्यार्थी टाढाबाट आउने, घरमा जाँदा घरको काममा ब्यस्त हुने जस्ता कारणले गर्दा पढ्न नपाउने समस्या भएकाले होस्टेल सञ्चालन गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी थापाले बताए । बिद्यार्थीको नतिजा कम्जोर आउन थालेपछि २०७१ साल देखि होस्टेल सञ्चालनमा ल्याएको उनले बताए । होस्टेल सञ्चालनमा आएदेखि बिद्यार्थी उत्तिर्ण हुनेको संख्या बढेको बिद्यालयका प्रधानध्यापक शालिकराम न्यौपानेले बताए । ‘होस्टेल सञ्चालन हुनु भन्दा पहिले बिद्यार्थीको उतिर्ण संख्या कम थियो’ उनले भने ‘ होस्टेल सञ्चालन भईसकेपछि बिद्यार्थीको उतिर्ण संख्या बढ्यो ।’

अभिभावक तथा विद्यालयको ५०÷६० लाख बराबर लगानीमा भवन निर्माण गरी होस्टेल सञ्चालनमा ल्याईएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राणाले बताए । होस्टेल बस्ने बिद्यार्थीहरुका लागि अध्यापनका विषय शिक्षकहरुको समेत व्यवस्था गरिएको उनले बताए ।

जनश्रम माबि खाद्रै मात्रै होईन, तुलसीपुरकै माबि भित्रि संक्रामले पनि होस्टल सञ्चालन गरेर एसइईमा राम्रो नतिजा ल्याउन सफल भएको छ । अहिले दाङका धेरै सामुदायीक विद्यालयले एसइईको नतिजामा सुधार ल्याउन होस्टेल सञ्चालनमा ल्याएको दाङका शिक्षा अधिकारी रमेश मैनालीले बताए । ‘सामुदायीक विद्यालयले पनि होस्टेल सञ्चालनमा ल्याएर नतिजामा सुधार ल्याएका छन्’ उनले भने‘होस्टेल सञ्चालनमा ल्याएपछि बिद्यार्थीको संख्यामा पनि बृद्धि भएका छन् ।’ शैक्षिक गुणस्तर बृद्धि भएपछि जनश्रम मबि खाद्रेमा अहिले एसइईमा ( कक्षा १० ) मा ९७ विद्यार्थी रहेको उनले बताए ।

होस्टेल सञ्चालनमा ल्याउदा सरकारी विद्यालयको पनि गुणस्तर बृद्धि हुने र बिद्यार्थीको आर्कषण पनि बढिरहेको जिसिअ मैनालीले बताए । अहिले सहरी भन्दा पनि दाङका ग्रामिण क्षेत्रका विद्यालयले होस्टेल सञ्चालन गरेर पठन पाठन गरिरहेको वताए । उनले भने ‘ शहरी क्षेत्र भन्दा पनि ग्रामिण भेगका सामुदायीक विद्यालयले होस्टेल सञ्चालन गरेर पठन पाठन गराईरहेका छन् ।’

पढाईमा कम्जोर भएका, विद्यालय आउन जान धेरै समय लाग्ने विद्यार्थीहरुका लागि होस्टेलले धेरै राहात पु¥याएको उनको भनाई छ । ‘पढाईमा कम्जोर भएका विद्यार्थीहरु पनि होस्टेल सञ्चालन गरेर पठन पाठन गराउन थालेपछि उनीहरुको सिकाई क्षमता बृद्धि भएको छ’ उनले भने ।

अहिले सरकारले पनि होस्टेल सञ्चालन गर्ने विद्यालयलाई एक ÷ एक लाखका दरले अनुदान दिईरहेको शिक्षा अधिकारी मैनालीले बताए । उनका अनुसार सबै सामुदायीक विद्यालयले होस्टेल सञ्चालन गरेमा शैक्षिक गुणस्तर पनि बृद्धि हुने र विद्यार्थीको पनि आकर्षण बढ्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्