सरकारले जनमत अनुसार कामै गर्न सकेन: गिरी



 

२९ मंसिर-घोराही दाङ्ग निराजन के सि / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज दाङ सहित देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र सरकार त्यसको संरक्षणमा लागेको, कोरोना नियन्त्रणमा जिम्मेवार नदेखिएको, आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल माथी दुव्र्यवहार गरेको र महिला हिंसा तथा बलात्कारका घटना वृद्धि जस्ता मुद्धा देखाएर विरोध प्रदर्शन गरेको हो । त्यस्तै नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीमा विरोध प्रदर्शन र सभा भएको छ । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले बजारका विभिन्न भागको परिक्रमा गर्दै घोराही चोकमा पुगेर सभामा परिणत भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्