छोराले गरे बुवाको हत्या



सैघाली खबर,
प्युठान २१ , पुस –। प्युठानमा छोराले बुवाको हत्या गरेका छन् । सरुमारानी गाउँपालिका–५ बिरिङ्कोट जस्पुरका २० वर्षे मोहोनलाल खाम्चाले ५४ वर्षका बुवा रैसिङ खाम्चाको बिहीबार बेलुका दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

चिर्पटले हान्दा घाइते भएका रैसिङको उपचारको क्रममा बिहीबार राति बुटलवलमा ज्यान गएको हो । मोहोनलालले आमाबुवा दुवैको हत्या प्रयास गरेका थिए । आमा छोराको कुटाइबाट गम्भीर घाइते भएकी छन् ।

 

मोहोनलाललाई गाउँलेले पक्राउ गरी प्रहरिलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले घटना दुःखद भएको बताउँदै अनुसन्धान गर्ने जानकारी दिनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्