अधिकारकर्मी ज्वाला ,शरिन र सरुको एउटै आवज मनोज गजुरेलको न्यायको लागि हाम्रो साथ



३ बर्ष अगाडि कानुनी रूपमा सम्बन्ध बिच्छेद गरेका हास्यकलाकार मनोज गजुरेलको पुर्ब पत्नी सम्बन्ध बिच्छेद पछि पनि युटुब र सामाजिक संजालमा एकोहोरो गजुरेल प्रतीका आरोप र टिकाटिप्पडी भने रोकिएको छैन । कोरोनालाइ जिते पछि पहिलोपटक गजुरेलले आफू छिटै बैबाहिक जिबनमा बाधिने खुलासा गरे पछि मिना ढकाल लाइभ मै तथानाम बोल्न थालेकी छिन । सम्बन्ध बिच्छेद पछि ढकालका अनेकौं आरोपलाई भने गजुरेलले कुनै प्रतिक्रिया दिएका थिएनन्। अति नै भएको र कानुनी बाटो रोज्न बाध्य भएको भन्दै मनोज गजुरेलले फेसबुक स्टाटस लेखे पछि भने उनलाई साथ दिने र समर्थकको ओइरो लागेको छ । सामाजिक संजालमा अन्याय , विभेद र सहयोगको लागि पनि खरो उत्रने तिन जना अधिकारकर्मी ज्वाला संग्रौला , शरिन ख्युवा तामाङ र सरु सुनारले मजोज गजुरेलको न्यायको लागि आफुहरुको साथ भएको भन्दै मनोज गजुरेललाई साथ दिएका छन्

गजुरेलको फेसबुक स्टाटस

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको छु ।
२. सकिएकाे सम्बन्धकाे आधारहीन आरोप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।
३. अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।
४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- म र मेरा सन्तानक फोटो, नाम र प्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।
५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद ”’
शरिन ख्युवा तामाङ लेख्छिन
कानुनी रुपमा अलग भैसकेको सम्बन्ध माथी प्रहार गर्ने हरकोही महिलापुरुष पातकी नौटन्की हुन मनोज जि तपाईं जिम्मेवारी पुरुष हुनुहुन्छ तपाईं स्वतन्त्र हुनुहुन्छ कसैको गालिगलौज पुरुष श्रीमानको हुदा कानुनी कारबाही लाग्ने यो देशमा महिला वा श्रीमतीले गरेको गाली गलौज बदनाम बिरुद्ध कानुन किन लाग्दैन लाग्नुपर्छ । हरेक गतिविधि को एउटा् सिमा हुन्छ । अन्याय गर्नु हुन्न र सहनु पनि हुन्न. तपाईंको साथमा हामी छौ। हद हुन्छ।
ज्वाला सग्रौला लेख्छिन

हामी हजुरको साथमा छौं सर ! अति गर्नेलाई कानुनी कठघरमा ठिंग्याउनै पर्छ! उच्छृङखलताको पनि हद हुन्छ नि !

शरिन ख्युवा तामाङ लेख्छिन
कानुनी रुपमा अलग भैसकेको सम्बन्ध माथी प्रहार गर्ने हरकोही महिलापुरुष पातकी नौटन्की हुन मनोज जि तपाईं जिम्मेवारी पुरुष हुनुहुन्छ तपाईं स्वतन्त्र हुनुहुन्छ कसैको गालिगलौज पुरुष श्रीमानको हुदा कानुनी कारबाही लाग्ने यो देशमा महिला वा श्रीमतीले गरेको गाली गलौज बदनाम बिरुद्ध कानुन किन लाग्दैन लाग्नुपर्छ । हरेक गतिविधि को एउटा् सिमा हुन्छ । अन्याय गर्नु हुन्न र सहनु पनि हुन्न. तपाईंको साथमा हामी छौ। हद हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्