देउवाले बोलाए आफ्नो ६ महिने कार्यकालको समिक्षा बैठक



सैघाली खबर,
काठमाडौं २१ पुस। आफ्नो ६ महिने कार्यकालमा भए गरेका कामकारवाहीको समिक्षा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका छन् । शुक्रबार प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् । अहिले बैठक जारी छ ।

देउवाले सरकारका मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका उच्च पदस्थ सरकारी अधिकारीहरुलाई बालुवाटारमा बोलाएका हुन् ।

राष्ट्रिय योजना आयोगको आयोजनामा हुने यो कार्यक्रममा सरकारवाट भएको काम कारवाहीको अनुगमन तथा मुल्याङकनका विषयमा विशेष समिक्षा गरिने योजना आयोगले जनाएको छ ।

प्रधानमन्त्रीमा देउवा गत जेठ २३ गते निर्वाचित भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्