राष्ट्रिय युवा सहयोग संगठनका पदाधिकारीहरुद्वारा सहयोग रकम हस्तान्तरण



काठमाडौं ; शंखरापुर ४ लप्सेफेदीका १४ बर्षीय बिविन्द्र स्याङतानको उपचारका लागि राष्ट्रिय युवा सहयोग संगठनका पदाधिकारीहरुद्वारा सहयोग रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय युवा सहयोग संगठनका संस्थापक एवं अध्यक्ष सुरेश तामाङ लगाएतको टोलीले मंगलबार शिक्षण अस्पताल महाराजगन्ज पुगेर बिरामी स्याङतानको परिवारलाई आठ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका स्याङतानको छातीमा पानी जमेको , निमोनिया र पुरै शरीर सुनिएको अवस्थामा अस्पतालमा छट्पटाइरहेका छन । आर्थिक अवस्था कमजोर भएको भन्दै परिवारले सहयोग गर्न सबैमा अपिल गरेको छ ।

समाजमा रहेका बिपन्नहरुको सहयोगका निम्ति संगठन खोलिएको र आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्दै जाने संगठनका अध्यक्ष तामाङले बताउनुभएको छ । यहीँ मङ्सिरमा स्थापना भएको संगठनले विभिन्न सहयोगी कार्यहरू गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्