काठमाडौं । इसिमोडले प्रदान गर्ने माउन्टेन प्राइज यसवर्ष विनोद शाहीले प्राप्त गरेकाछन् । उनले २००५ देखि माथिल्लो डोल्पाको शिक्षाका लागि काम गर्दै आएका थिए । इसिमोडले हिमाली क्षेत्रमा काम गर्ने एउटा संस्था र एक व्यक्तिलाई सहयोग गर्दै आएको छ ।
यस वर्ष भने इसिमोडले भारतको हिमाली क्षेत्रमा काम गर्ने एक संस्था र व्यक्तिका लागि भने विनोद शाहीलाई छनोट गरेको हो । डिसेम्बर ११ अर्थात् ‘माउन्टेन डे’ का दिन २५ सय डलरको उक्त पुरस्कार विनोदले पाएका हुन् ।
उनी ‘हिम याक’ नामक नेपालीहरुको मात्र सहयोगमा चल्ने संस्थामार्फत २०१० माथिल्लो डोल्पाको गाउँमा शिक्षकहरु पठाएर त्यहाँको शिक्षाको स्तर उकास्ने काम गर्दै आएका छन् । शाही ‘ग्लोबल टिचर’ २०१८ को टप ४० भित्र पर्न सफल भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।