ऊखु किसानको आन्दोलनप्रति चार किसान संगठनको ऐक्यबद्धता



 

काठमाडौं, १ पुस सरकारले गत बर्ष सम्झौता गरेर चिनी मिलले उखु किसानलाई बर्षौदेखि झुलाएर तिर्न बाँकी राखेको कारोडौं बक्यौता
रकम तत्काल अशुल उपर गरेर किसानलाई दिने आश्वासन दिएकोमा सरकारले त्यसप्रति कुनै वास्ता नगरेपछि पुनः
सर्लाहीका ऊखु किसानहरुले काठमाण्डौ मण्डलामा आन्दोलन शुरु गरेका छन् । उनीहरुलको त्यो जायज र न्यायोचित
आन्दोलनप्रति चार किसान संगठन अखिल अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान
महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघको तर्फबाट सम्पूर्ण किसमले
बिगतमा जस्तै पुनः ऐक्यबद्धता जनाउँदछौ र आफैले ऊखु किसानसँग गरेको सम्झौताको पालना नगरेकोमा सरकारको
यस्तो किसानप्रतिको उपेक्षापूर्ण र गैर जिम्मेवार ब्यबहारको घोर बिरोध गर्दछौं ।

हामी ऊखु किसानको तिर्न बाँकी रकमको हर्जना र ब्याज सहित तत्कालै असुल गरियोस् र किसानमाथिको अन्यायको अन्त्य
गरियोस्, बक्यौता राख्ने र किसानलाई झुलाउने चिनी मिलका सञ्चालकहरुमाथि कडा कारबाही गरियोस् तथा बन्द भएका
सरकारी चिनीमिल खोलेर सुसञ्चालन गरियोस्, ऊखु किसानलाई प्रोत्याहन दिन ऊखु खेतीका लागि निर्ब्याजी ऋण दिने
प्रबन्ध गरियोस्, लागतमा कम्तिमा ५० प्रतिशत थप गरी ऊखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरियोस् र ऊखु खरिद
गरेकै समयमा त्यसको भुक्तानी किसानलाई दिने प्रबन्ध गरियोस् तथा ऊखु बालीमा रोग किरा लागेर र प्राकृतिक प्रकोपले
नोक्सानी भएमा क्षतिपूर्ति दिने ब्यबस्था गरियोस् भन्ने समेत हामी जोडादार माग गर्दछौं|

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्