उपचारमा खटिने चिकित्सक र स्नेही नर्सले मलाई पुनर्जीवन दिए – मीन बिश्वकर्मा



कोरोना संक्रमणले लामो समय अस्पताल र आइसियुमा भर्ना भएका पुर्ब मन्त्री मिन बिश्वकर्माले ३६ दिन अस्पतालको बसाई पछि कोरोनालाइ जितेर डिस्चार्ज भएको १६ दिन पछि फेसबुकमा स्टाटस लेख्दै आफ्नो उपचारमा खटिने र साथ , सहयोग र माया गर्ने सबैलाई धन्यवाद दिएका छन्;

कोभिड -१९ बाट सन्क्रमित भइ पहिले कर्तिक ९ गते वीर अस्पताल र स्वास्थ अवस्था झन जटिल भए पछि ११ गते राती ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याईएको थियो ! डा. सुभाष आचार्यको प्रत्यक्ष एबम आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समुह सङ्गै अति स्नेही सेवा गर्ने नर्शहरुले मलाई पुनर्जीवन दिएको महसुस गरेको छु ! उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेर बहादुर देउबा, पार्टी पदाधिकारीहरु एबम केन्द्रीय सदस्यहरु,प्रमुख सचेतक मा. बालकृष्ण खाणको सक्रियता र योगदान अबिस्मरणिय मात्रै होइन हृदयस्पर्सी पनि भएको पाएको छु !

शुरुकै अबस्थामा देखि मेरो स्वास्थबारे चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सम्माननिय सभामुख, माननीय साम्सदहरु, कानुन समिती सभापती र सम्सदका महासचिव लगायत सबै कर्मचारी मित्रहरु प्रती हार्दिक आभार प्रकट गर्दछु ! मेरो स्वास्थ अवस्था जटिल बन्दै जादा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक सङगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाएको अभुतपुर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारि दवावले मलाई उद्देलित गराउदै थप हौसला बढाएको छ !

साथै जीवन र मृत्युको दोसाँधमा हुँदा नेपाल सरकार, महाममिम रास्ट्रपति,सम्माननीय प्रधानमन्त्री, मा. स्वास्थ मन्त्री लगायत मा. मन्त्रीहरु एबम माननीय सुभाष नेम्वाङले थप उपचारका लागि गर्नु भएको प्रयाश र योगदानले मलाई भावुक बनाएको छ! म ग्रान्डी अस्पतालको आइ. सि. यु. र भेन्टिलेटरमा अचेत अबस्थामा मृत्यु सङग लडिरहदा मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवान सङग प्रार्थना गरि आस्था बमोजिम पुजा गर्ने सम्पुर्ण मेरा प्रिय साथीहरू, परिवार एबम आफन्तजन प्रती हार्दिक नमन गर्दछु ! अन्त्यमा, ३६ दिनको अस्पताल बसाई पछि घर आएको पनि आज १६ दिन भयो ! अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन ! अत: लामो समय पछि आज देखि सामाजिक संजालमा उपस्थित भएको छु ! फोन कल होइन सन्देश लेख्न अनुरोध गर्दछु ! जय नेपाल !!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्