अभिमतकाे कदर नगरे ठूलो दुर्घटना हुनसक्छ, -प्रचण्ड



सैघाली खबर,
चितवन २१ पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले दिएको अभिमतलाई सही ढंगले देश निर्माणमा लगाउन नसके ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिएका छन् ।

भरतपुरमा चितवन उद्योग संघको नवौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशले निकै अप्ठ्याराहरु पार गर्दै राजनीतिक क्रान्तिको समापनतर्फ अघि बढेकोले अबका दशकहरु समृद्धिका दशकका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

“हिजो विकास भएन भने अरुलाई दोष दिने ठाउँ थियो, कहिले राजालाई, कहिले अमूक पार्टी या नेतालाई’ प्रचण्डले भने, ‘तर अब त्यो छूट हामीलाई छैन । अब हामीले देशलाई समृद्धितर्फ लैजान सकेनौं भने त्यो निकै ठूलो असफलता हुने छ । त्यसमा कुनै अमुक दल या नेतालाई मात्रै दोष दिने ठाउँ हुने छैन । अब भन्न बाँकी कोही छैन, दोष देखाउन कोही बाँकी छैन ।’

राजनीतिक दलहरुबीचको आपसी सहमति र समझदारीका कारण नेपालमा संविधान निर्माण जस्तो चुनौतीपूर्ण काम सम्पन्न गर्न सकिएको भन्दै प्रचण्डले अबको दिनमा समेत आर्थिक क्रान्तिको स्पष्ट खाका अघि सारेर काम गर्नुपर्ने बताए ।

प्रचण्डले भने, “राजनीतिक परिवर्तन त गर्यौं, यहाँ आइपुग्यौं, अप्ठ्यारो परिस्थितिमा सहमति र समझदारीका साथ संविधान निर्माण गर्यौं, निकै ठूलो चुनौतीको सामना गर्दै सिँगो देशलाई निर्वाचनमा लैजान सफल भयौं । मैले पहाडका जनतालाई पट्यार लाग्ने गरी मधेशका जनतासँग संवादलाई निरन्तरता दिएँ । अथक प्रयासपछिस्थानीय, प्रदेश र ंसंघको निर्वाचन सम्पन्न भएको छ ।

राजनीतिक क्रान्तिको समापनसँगै आर्थिक क्रान्तिको माध्यमबाट संसारले उदाहरण दिने गरी विकास र समृद्धितर्फ अघि बढन उनले अपील गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्