चन्द्रमाबाट ढुंगा र माटो लिएर फर्कियो चीनीयाँ यान



काठमाडौं । चीनले पठाएको चांग ई–५ यान चन्द्रमाबाट ढुङ्गा र माटोको लिएर पृथ्वीमा फर्किएको छ । चन्द्रमाबाट सफलतापूर्वक ढुंगा–माटो ल्याउने चीन तेस्रो मुलुकमा पर्दछ ।

चांग ई–५ यान स्थानीय समयानुसार बिहीबार करिब साढे एक बजे मंगोलियाको भित्री इलाकामा उत्रिएको छ । चांग ई–५ लाई एक अन्तरिक्षयान मार्फत् २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचांग स्टेशनबाट छोडिएको थियो । ४० वर्षपछि यस्तो प्रकारको अभियानमा चन्द्रमाको नमूनालाई धर्तीमा ल्याउने प्रयास गरिएको हो ।

चांग ई–५ करिब दुई किलो माटो लिएर पृथ्वीमा आएको छ । यसअघि रुसको लूना–२४ मिशन सन १९७६ मा चन्द्रमाको शतहमा उत्रिएको थियो । त्यतिबेला लूनाले आफूसँग करिब २०० ग्राम माटो लिएर धर्तीमा फर्केको थियो ।

यसअघि अमेरिकाको अपोलो अन्तरिक्षयान पनि चन्द्रमाको सतहबाट ढुङ्गा र माटोको नमूना लिएर फर्किएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्