गोदावरीमा कोरोनाबाट बच्न विद्यालयमा जनचेतना मुलक कार्यक्रम



कैलालीको गोदावरी नगरपालिका – १० मा कोरोना महामारीबाट विद्यार्थीलाई जोगाउन जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । स्थानिय शान्निकोट युवा क्लबले मंगलबार वडाका ७ वटा विद्यालयमा जनचेतना मुलक कार्यक्रम गरेको हो ।

क्लवले वडामा रहेका जानकी माध्यमिक विद्यालय, माउण्ट ओलिभ इङ्गलीस बोर्डिङ स्कुल, संकर आधारभुत विद्यालय, घण्टेश्वर आधारभुत विद्यालय, घण्टेश्वर मन्दिर आधारभुत विद्यालय र गणेश आधारभुत विद्यालयमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको क्लवका अध्यक्ष प्रेम बम बोगटीले बताए ।

उनले विद्यार्थीहरुलाई मास्क, सेनिटाईजर र साबुन पानीको कसरी प्रयोग गर्ने, कोरोना भाईरसको महामारीबाट बच्न के कस्ता उपायहरु अपनाउने बिषयमा प्रशिक्षण दिईएको बताए । विद्यार्थीहरुलाई प्रशिक्षण स्वास्थ्यकर्मी उर्मीला दर्लामी (लामा) ले दिएकी थिईन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्